ननाचेको निहुँमा पत्नीको केश खौरिने पक्राउ



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका एक महिलाले आफू र आफ्ना साथीहरूका लागि ननाचेको भन्दै एक पतिले उनलाई नराम्ररी कुटपिट गर्नुका साथै उनको शिर मुण्डन गरिदिएको बिहीबार सञ्चार माध्यमले जनाएको छ। यस घटनाले पाकिस्तानमा महिलाहरूको सुरक्षाबारे अको प्रश्न र चिन्ता जन्माएको छ।

लाहोर निवासी आस्मा अजिजले केश कटाइएको र कुटाइको चोट भरिएको अनुहारसहितको भिडियो सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको हो। उनका पति मियाँ फैजल र एकजना नोकर अहिले प्रहरी हिरासतमा रहेका छन्। तर फैजलले यातना दिएको अस्वीकार गरेका छन्।

जे होस् यस घटनाले महिलाहरूलाई घरेलु हिंसाबाट जोगाउनका लागि धेरै पहल गर्नुपर्ने आवश्यकता औंल्याइदिएको छ। ट्विटरमार्फत एमनेस्टि इन्टरनेसनलले क्रमगत परिवर्तनको आवश्यकता रहेको जनाएको छ। तर एमनेस्टिले आस्माको घटनालाई सरकारी पक्षले तत्कालै सम्वोधन गरेकोमा खुसी पनि प्रकट गरेको छ।

२६ मार्चमा अपलोड गरिएको भिडियोमा आस्माले निकै भाववि≈ल मुद्रामा भनेकी छिन्– ‘लाहोरको अपर मार्केट डिफेन्स हृजिंग अथोरिटि (डीएचए) जिल्ला स्थित आफ्नो घरमा २ दिनअघि मलाई आफ्ना साथीहरूसामू ननाचेको भन्दै मेरो पतिले शारीरिक यातना दिए। आफ्ना नोकरहरूसामू उनले मेरो लुगा खोलिदिए। नोकरहरूलाई समाउन लगाएर उनले मेरो केश खौरिदिए। एउटा पाइपमार्फत मलाई पंखामा झुन्ड्याइयो। उनले मलाई नांगै झुड्याउने चेतावनीसमेत दिएका थिए।’

आस्माले प्रहरी चौकीमा गएर यस समबन्धमा उजुरी गर्दा शुरुमा प्रहरीले नपत्याएको गुनासो गरेकी छिन्। तर केही समयपछि एकटोली प्रहरी घटनास्थलमा पुगे पनि डीएचए व्यावस्थापन पक्षले तिनीहरूलाई आस्माको ताल्चा मारिएको घरभित्र प्रवेश गर्नबाट रोकेको थियो।

आस्माले अपलोड गरेको भिडियो भाइरल भएपछि निकै जनदबाब बढ्नुका साथै उप गृहमन्त्री सेहेरेयार आफ्रिदीले पनि चासो लिएका कारण वल्ला प्रहरीले कारबाही अघि बढाएको थियो। प्रहरीले एफआईआर दर्ता गरेपछि धारा ३३७ को खण्ड ५ र ५ सय ६ अन्तर्गत २ जनालाई गिरफ्तार गरेको थियो। आस्माको मेडिकल रिपोर्ट अझै आइसकेको छैन। आस्माका वकिलहरूले अभियुक्तविरुद्ध आतंकवादविरुद्धको कडा कानुनअनुसार मुद्दा चलाइयोस् भनी माग गरेका छन्। तर फैजलले आफ्नी पत्नीले लागूऔषधको नसाको सुरमा आफैंले केश खौरेको प्रहरीसमक्ष बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्