डिउटीमा खटिएका प्रहरीलाई रड प्रहार गर्ने पक्राउ

0
Shares

काठमाडौं,
डिउटीमा खटिएको २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका(७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरी डाँडास्थित वाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेका कार्कीले फलामको रडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्ती टोलीलाई प्रहार गरेका थिए ।

रड प्रहारबाट घाइते हुनेमा प्रहरी हवल्दार र प्रहरी जवन गरी २ जना छन् । दुवै प्रहरी कर्मचारीको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।