जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
Shares

अर्घाखाँची,
भूमिकास्थान नगरपालिका-१ बस्ने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान मल्लरानी गाउँपालिका बस्ने अन्दाजी ४५ वर्षीय रामचन्द्र घर्तीमगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी ढाकाबाङबाट खटिएको प्रहरीले घर्तीमगरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।