लायन्सको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने

0
Shares

टंकराज अधिकारी, पोखरा ।
लायन्स क्लब अफ पोखरा गण्डकी तथा पोखरामा क्रियाशील २६ वटै महिला लायन्स क्लबको संयुक्त आतिथ्यतामा आउँदो बैशाख १३ र १४ गते पोखरामा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको सातौं राष्ट्रिय महाधिवेशन हुने भएको छ । महाधिवेशन हुने स्थान पोखराको पर्दशनी केन्द्र तय भएको आयोजक संस्थाले बताएको छ । महाधिवेशनले पोखराको आन्तरिक पर्यटन प्रवद्र्धन समेत गर्ने विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाधिवेशनमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपाल अन्र्तगत करीव चार हजार लायन्सको सहभागिता रहने महाधिवेशन मुल आयोजक समितिका संयोजक विमला श्रेष्ठले बताईन । हामी सेवा गछौ भन्ने मुल नारा सहित सामाजीक सेवामा लागेको लायन्सको नेपालमा रहेका चार वटा डिष्ट्रिकमा करीव १ हजार भन्दा क्लब रहेका छन भने डिष्ट्रिक ३२५ बी१ नेपालमा हाल ३ सय ६९ वटा क्लब छन भने जसमा ११ हजार २ सय जना सदस्य रहेका छन् ।

महाधिवेशन सम्पन्न गर्न लायन्स क्लव अफ पोखरा गण्डकीका पुर्र्व अध्यक्ष विमला श्रेष्ठ संयोजक र सेति गण्डकीका पूर्व अध्यक्ष मिलन थापा सह संयोजकत्वमा पोखरा ग्रिन टाउनका पुर्व अध्यक्ष बिधाता द्धा सचिव र पोखरा समपर्णका पुर्व अध्यक्ष दिन्दु श्रेष्ठ कोषाध्यक्ष रहेको २६ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ । पोखरा स्थित बिभिन्न २६ वटा महिला क्लबका अध्यक्ष संयोजक र सह संयोजक रहेको विभिन्न ३५ वटा उपसमितिहरु गठन गरी बिभिन्न काम बाडफाड गरीएको सातौं राष्ट्रिय महाधिवेशन प्रचारप्रसार उप समितिका संयोजक लायन्स क्लब अफ पोखरा भृकुटीका अध्यक्ष खिमा गुरुङले बताईन ।

उक्त महाधिवेशनबाट आगामी बर्ष ०१९।२० को लागि डिष्ट्रिकका नयाँ कार्यसमिति चयन गर्ने, लायन्स सस्यहरुविच आपसी भाइचाराको सम्वन्ध प्रगाढ बनाउने लक्ष्य राखेको छ । महाधिवेशन सम्पन्न गर्न करिव ७५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

महाधिबेशनको लागि सहभागि प्रतिनिधिको दर्ता शुल्कबाट सम्पुर्ण ब्यवस्थापन गरिने महाधिवेशन मुल आयोजक समितिका संयोजक विमला श्रेष्ठले बताईन पत्रकार सम्मेलनमा लायन्सका बर्तमान डिस्ष्ट्रिक गर्भनर अशोक कुमार श्रेष्ठ, एफडब्लुसि को अर्डिनेटर एवंपुर्व डिस्ष्ट्रिक गर्भनर धुर्व थापा, निवर्तमान डिस्ष्ट्रिक गर्भनर धनराज आचार्य, पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठ, पर्व डिस्ष्ट्रिक गर्भनर योगेन्द्र प्रधान, दित्तिय भाईस डिष्ट्रिक्ट गर्भनरका प्रत्यासीद्धय धुर्व श्रेष्ठ, बिशेश्वर आचार्य लगाएतको उपस्थिति रहेको थियो । उक्त महाधिवेसन सफल पार्न सवै क्षेत्रबाट सहयोग आवश्यक भएको बताएको महाधिबेशनका सह संयोजक मिलन थापाले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा बोल्ने डिस्ष्ट्रिक गर्भनर अशोक कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ उपाध्यक्ष बिमला भण्डारी लगाएतले दित्तिय भाईस डिष्ट्रिक्ट गर्भनरका प्रत्यासीद्धय धुर्व श्रेष्ठ, बिशेश्वर आचार्यलाई मिलेर जान सुझाएका थिए ।