मदिरा व्यवस्थित गर्न स्थानीय सरकारको कार्यबिधि तयार

0
Shares

धनवीर दाहाल,रुकुम ।
जिल्लामै पहिलो पटक बाँफिकोट गाँउपालिकाले मदिरा व्यवस्थित तथा नियन्त्रण गर्न कार्यबिधि तयार गरेको छ ।

बाँफिकोट गााँउपालिकाका नागरिकलाई अनुसासित र म¥यादित गराई सभ्य, शान्तपुर्ण समाज निर्माण गर्नको लागि मदिरा व्यवास्थापन तथा नियन्त्रण गर्न वाञ्छनिय भएकोले बाँफिकोट गाँउपालिकाको स्थानिय सरकार सञ्चालन ऐन २०७४ को अधिनमा रहि कार्यविधि तयार गरि लागु गरिएको गाँउपालिकाका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो ।

कार्यबिधिमा इजाजत प्राप्त व्यक्ति वा संस्थाले मदिराको विक्रि वितरण वेलुका ६ देखि बेलुका ८ बजे सम्म मात्र गर्नुपर्ने, विक्रेताले १८ वर्ष मुनिका वालवालिका, ज्येष्ठ नागरिक, आपांग, सुस्त मनस्थिति तथा गर्भवति महिलालाई विक्रि वितरण गर्न नपाउने, बिद्यालय, स्वास्थ्य चौकि, सार्वजनिक निकाय, मठ मन्दिर भन्दा ५०० मिटर भित्र मदिरा विक्रि वितरण गर्न नपाइने र विक्रेताले क्रेताको अनिबार्य रुपमा तिन पुस्ते विवरण, ठेगाना, उमेर र प्रयोजन खुलाई अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।

इजाजत प्राप्त व्यक्ति वा संस्थाले मात्र मदिराको विक्रि वितरण गर्न पाउने व्यवस्था कार्यबिधिमा गरिएको छ । साथै सार्वजनिक स्थानमा मदिराको विक्रि वितरण र सेवन गर्न नपाउने व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश गुरुङ्गले जानकारी दिनुभयो ।

यसै गरी सामाजिक कार्यको लागि प्रति परिवार २० (बिष) लिटर र व्यक्तिको हकमा प्रति व्यक्ति १ (एक) लिटर सम्म विक्रि वितरण गर्न पाईने र ईजाजत प्राप्त व्यवसायी वा फर्महरुले खरिद विक्रिको विवरण प्रत्येक महिना बाँफिकोट गाँउपालिकामा अनिवार्य रुपमा पेश गर्नु पर्ने व्यवस्था कार्यबिधिमा गरिएको छ । कानुन विपरित मदिरा उत्पादन, बिक्रि वितरण, ओसार पसार तथा सेवन गरी सामाजिक सद्भावमा खलल पु¥याएमा कार्यविधि अनुसार कारवाही गरिने पनि गाँउपालिका अध्यक्ष के.सीले बताउनुभयो ।

कार्यबिधिमा मदिरा उत्पादन गर्ने व्यक्तिलाई कानुन विपरित कार्य गरेमा पहिलो पटक पाँच हजार, दोस्रो पटक दश हजार, तेस्रो पटक पन्ध्र हजार जरीवाना हुनेछ । सो भन्दा वढि कसुर गरेमा गाँउपालिकाले प्रतिवन्ध लगाउन सक्ने व्यवस्था समेत कार्यबिधिमा छ ।

यसै गरी इजाजत प्राप्त मदिरा विक्रि वितरण गर्ने व्यक्ति वा व्यवसायिलाई कानुन विपरित कार्य गरेमा पहिलो पटक दश हजार, दोस्रो पटक विस हजार, तेस्रो पटक तिस हजार, जरीवाना हुनेछ । सो भन्दा वढि कसुर गरेमा गाँउपालिकाले प्रतिवन्ध लगाउन सक्ने व्यवस्था छ ।

कार्यबिधिमा मदिरा ओसार पसार गर्ने व्यक्ति वा व्यवसायि र इजाजत विना मदिरा राख्ने होटल तथा पसल व्यवसायीलाइ पहिलो पटक दश हजार, दोस्रो पटक विस हजार,तेस्रो पटक तिस हजार, जरीवाना हुनेछ । सो भन्दा वढि कसुर गरेमा गाँउपालिकाले प्रतिवन्ध लगाउन सक्ने व्यवस्था छ । कार्यबिधिमा मदिरा व्यवस्थापन तथा नियन्त्रण गर्नका लागि गाँउपालिकाका अध्यक्षको संयोजकत्वमा उपाध्यक्ष, सबै वडा अध्यक्ष, स्वास्थ्य र प्रहरी इन्चार्ज सदस्य रहेको समिति गठन गर्ने र त्यसले नियमित अनुगमन गर्ने पनि उल्लेख गरिएको छ ।

प्रत्येक ६ महिनामा मदिराको प्रभाव, कानुनि व्यवस्था र सुधार गर्नुपर्ने विषयका बारेमा वडा स्तरमा एउटा सचेतना कार्यक्रम संचालन गरिने गाँउपालिका अध्यक्ष के.सीले जानकारी दिनुभयो ।