तेस्रो लगानी सम्मेलन शुरू: नेपाल लगानीका निम्ति उपयुक्त स्थल



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सामाजिक–आर्थिक रूपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताउनुभएको छ। शुक्रबारदेखि राजधानीमा शुरू भएको नेपाल लगानी सम्मेलन–२०७५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले शुभेच्छुकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई अघि बढाउन सकिने बताउँदै नेपालमा लगानीको प्रशस्त अवसर भएको तथा नेपालभित्रै बजार वृद्धिसँगै नेपालभन्दा बाहिर पनि नजिकै ठूलो बजार तथा लगानी सुरक्षित रहेकाले यसबाट फाइदा उठाउनुपर्ने बताउनुुभयो।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले छिमेकका दुई देश भारत र चीनसँग सडक, रेल, जलमार्ग, हवाईमार्ग र विद्युत् प्रसारणलाइनलगायतका सम्पर्क सञ्जाल विस्तार भइसकेको उल्लेख गर्दै नेपालमा जुनसुकै क्षेत्रमा लगानी गरे पनि मुनाफा सुनिश्चित भएकाले नेपाल लगानीका निम्ति उपयुक्तस्थल हो भन्नुभयो। तथापि, जलविद्युत् क्षेत्र लगानीको प्रमुख केन्द्र बन्न सक्ने प्रधानमन्त्रीले धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्