आफ्नै श्रीमतीसँग मिलेर लागुऔषध कारोबार



नेपाल समाचारपत्र, धादिङ ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौं खटिईएको प्रहरी टोलीले धादिङको गजुरी गाउँपालिका वडा नं. ७ घर भएका तिर्थ भन्ने सुकमान तामाङ्गको टिमले आफ्नै घरमा ठुलो परिमाणमा अबैध रुपमा लागू औषध गाजाँ खरिद संकलन गरेर चरेस तयार गर्ने कारखाना संचालन गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरेको छ ।

उनले आफ्नै घरमा ठुलो परिमाणमा अबैध लागू औषध चरेस तयार गरी संचय, खरिदबिक्रि, बितरण, ओसारपसार गर्ने गरेको पाइएको हो । लागू औषध चरेस बनाउनका लागी तयारी अवस्थाको ५३२.४० के.जी.गाजाँको धुलोसहित प्रहरीले पक्राउ परेका तिर्थको ४५ वर्षीय श्रीमती सुकुमाया तामाङ्गलाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा उक्त चरेस भारतमा समेत निकासी हुने गरेको समेत खुल्न आएको र सुकुमाया तामाङ्ग र निजको उनका श्रीमान तिर्थ मिलेर चरेसको कारोबार गर्ने गरेको पाइएको हो । सो अवस्थामा तिर्थ भन्ने सुकमान तामाङ्ग फेला नपरेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्