ज्यान मारेको अभियोगमा दुई जना पक्राउ



पर्वत,
मोदी गाउँपालिका-८ चित्रे बस्ने ३३ वर्षीय सन्तोष भन्ने गंगाप्रसाद विकलाई कर्तव्य गरी मारेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दलबहादुर नेपाली र २३ वर्षीय रविन सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका चित्रेस्थित नेपाने सादी खोलामा गत बुधबार गंगाप्रसाद विकको शव फेला परेको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले चित्रेस्थित सामुदायिक जंगलमा लुकिछिपि रहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सो घटनाका मुख्य अभियुक्त सोही ठाउँ बस्ने २६ वर्षीय कृष्णबहादुर सुनार हाल फरार रहेकोले उनको खोजी कार्य जारी रहेको छ । मृतक गंगाप्रसाद विक र पक्राउ तथा फरार अभियुक्तहरु संगै बसेर मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा सामान्य विवाद भई नशाको सुरमा कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो कार्यालयले जनाएको छ ।

पक्राउ अभियुक्तहरुलाई ज्यान सम्वन्धि मुद्धामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्