रातीबीच सडकमा नवजात शिशु जिवितै भेटिए



नेपाल समाचारपत्र, भद्रपुर ।
भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोककोबीच सडकमा नवजात शिशु जिवितै अवस्थामा प्रहरीले फेला पारेको छ । सगरमाथा चोकमा नवजात शिशु जिवितै अवस्थामा भेटिएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले विहीबार राती बीच सडकबाटै शिशुलाई उद्धार गरेको श्रेष्ठले जनाए । अन्दाजी एक महिनाको छोरा शिशुलाई मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए । शिशुलाई कसले लगेर छाडेको भन्ने अहिलेसम्म केही नखुलेको र यस बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कसैले जिम्मा नलिए शिशुलाई जिल्ला बालकल्याण समिति झापाको रोहवरमा दिइने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्