७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



सरस्वती न्यौपाने, रसुवा ।
विद्यालयका ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

स्याफ्रुबेशी निवासी प्रतिमा तामाङले आफ्नै जन्मभुमि रसुवामै केही गरौं भन्ने मनसायले विद्यालयका विद्यार्थीलाई व्यक्तिगत रुपमा शैक्षिक सामग्री प्रदान गरेको हो । उनले स्वास्थ्य सामग्री, कलम, कापी, पेन्सिल, टुथपेष्ट, ब्रस, नेलकटर लगायतका सामग्री वितरण गरिएको हो ।

कक्षा ६, ७ र ८ का छात्राहरुलाई भने उनले महिनावारी सम्बन्धि जानकारी दिदै सेनिटरी प्याड प्रदान गरिन् । उनले यो महिलाहरुको नियमित प्रक्रिया हो, यसमा लाज मान्नुपर्ने अवस्था नै नरहेको जानकारी दिइन् । बरु यसलाई सहज लिनसक्नुपर्ने बताइन् ।

सामाजिक अभियन्ताको रुपमा चिनाउन चाहने प्रतिमाले विएस्सी नर्सिङ शिक्षा हासिल गरेकी छन् । उनी रसुवामै रहेर विभिन्न विद्यालय र समुदायमा स्वास्थ्य शिक्षा दिदै रोगलाई टाढा पु¥याउने अभियानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्