जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



सर्लाही,
ईश्वरपुर नगरपालिका–९ रामनगर बस्ने १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १९ वर्षीय राजन कुमार महतो सुडीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गत मंगलबार उनले ती किशोरीलाई डरत्रास देखाई आफ्नो घरमा लागि जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार ईलाका प्रहरी कार्यालय केशरगंजमा प्राप्त हुनासाथ खटिएको प्रहरीले राजनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्