विश्वकप फुटसल टोली अर्जेन्टिनातिर



काठमाडाैं, (नेस)
अर्जेन्टिनामा हुने १२औं विश्वकप फुटसलमा सहभागि हुने नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपाली टोलीमा समीर कार्कीको कप्तानी हुनेछ । नेपाल फुटलस संघले जनाए अनुसार अन्य खेलाडीमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ रहेका छन् । टोली प्रशिक्षकमा कमल विष्ट छन् ।

गत महिना वाइल्ड कार्डमार्फत् प्रतियोगितामा सहभागि पाएको नेपाल समूह ‘डी’ मा परेको छ । सो समूहमा क्यानडा, क्याटलना (स्पेन) र फ्रान्स छन् । नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग, दोस्रो खेल क्याटलनासँग चैत १९ गते र समूहको अन्तिम खेल चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्