सिरहामा २ निरीक्षक निष्काशित, १३ परीक्षार्थीको परिक्षा रद्द



सुभेन्द्र दास,लाहान ।
सिरहा। माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज सम्पन्न अनिवार्य गणित बिषयको परीक्षामा सिरहाको बिभिन्न परीक्षा केन्द्रबाट दुई जना निरीक्षकलाई निष्काशित गरेको छ भने १३ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्र माविबाट श्रीमती शुषमा यादव र सारस्वर माविबाट प्रदिप मण्डल परीक्षा केन्द्रबाट १÷१ गरि २ जना निरीक्षकलाई निष्काशित गरिएको सिरहाका जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख डोलराज पाण्डेले जानकारी दिनुभयो ।

यस्तै परीक्षाको मर्यादा बिपरित कार्य गरेको भन्दै परिक्षा अनुगमन टोलीले लहान नगरपालिकाको बस्तीपुर परिक्षा केन्द्रबाट स।मा।वि। ढोढनाबिरनगरका ४, लिटिलस्टार से।बो।इ। लहानका २, न्यू मनोकामना एजुकेशन एकेडमि लहानका १, संकल्प बाटिका लहानका १ जम्मा ८ परीक्षार्थी र सारस्वर मावि परीक्षा केन्द्रबाट ब्र।झ।ज।मा।वि। माडरका २ जना र मा।वि भलुवाही परीक्षा केन्द्रबाट ला।स।मा।वि माडरका १र एभरग्रिन एकेडमी, सिरहाका १ र चन्द्र मावि परिक्षा केन्द्रबाट ल।ल।कु।मा।वि। रघुनाथपुर लहानका १ जना परिक्षार्थीको परीक्षा रद्द गरिएको पाण्डेले बताउनुभयो ।

यसबाहेक अन्य परिक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा आजको परिक्षा सम्पन्न भएको उहाँले बताउनुभयो । परिक्षालाई मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न परीक्षा अनुगमन टोली बनाईएको प्रत्येक परीक्षा केन्द्रहरुमा खटाइएको उहाँको भनाई छ ।

यसबर्षको एसईई परीक्षामा बिभिन्न ३८ परीक्षा केन्द्रमा सिरहाबाट ९ हजार १८५ परीक्षार्थी सहभागी भएको पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्