जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ



काठमाडौं,

 काभ्रे, बेथानचोक गाउँपालिका-४ डेरा गरी बस्ने जुम्ला तातारासी गाउँपालिका-५ नोर्पा घर भएकी ९ वर्षीया  बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा बेथानचोक गाउँपालिका-४ बस्ने ३० वर्षीय कृष्ण बिकलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनले ललाई-फकाई आफनै घरको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट खटिएको प्रहरीले बिकलाई पक्राउ गरेको हो ।

 

झापा, कमल गाउँपालिका-२ समयगढ बस्ने २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय शम्शेर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मकैबारीमा तामाङले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट संयुक्त रुपमा खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्