रक्तश्रावले थलिएकी महिलाको हेलिकोप्टरद्वारा उद्धार



अर्जुन बोहरा, हुम्ला
हुम्लाको चंखेली गाउँपालिका एक महिला लाई अति रक्त श्रावको पिडा भए पछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । चंखेली गाउँपालिका ५ वटा नेप्का गाउँकी ३९ बर्षिय रिउली तामाङ्ग लाई गएको मााघ २८ गतेको दिनमा तिन महिनाको बच्चा खसेको र निजीकैको स्वाथ्य चौकीमा न्युन उपचार भयता पनि निरन्तर उपचार नभयपछि रक्तस्राबका कारण ज्यान जोखिममा ज्याने भएकोले पनि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको साहयक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

जोखिममा परेको सुत्केरी महिलाहरुको ज्यान जोगाउनको लागि सञ्चालन गरेको एयर लिफ्टि सेवा मार्फत उद्धार गरिएको हो । लामो समय देखि लगातर रगत बगिरहेको र उपचार नहुँदा अत्यधिक रक्तस्राबका कारण महिलाको ज्यान जोखिममा परेकाले जिल्ला प्रशासन कार्यलय हुम्लामार्फत पत्राचार गरी शनिबार उद्धार गरिएको जिल्ला प्रसाशन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी पोखरले बताउनु भयो । बिरामीलाई हेलिकप्टरले सुर्खेत हुँदै कोहलपुरको मेडिकल कलेजमा पुर्याएको छ । अहिले कोहलपुला मेडिकल कलेजमा विरामी तामाङ्गको उपचार भईरहेको श्रीमान जस्या तामाङ्गले जानकारी गराउनु भयो ।

तिन महिना अगाडी बच्चा खसेको र रक्तश्राव नरोकिएपछि आमाको स्वास्थ्यमा जटील समस्या देखोपरेपछि उपचाको लागि हारगुहार गरेको विरामीका श्रीमान जस्या तामाङले बताए ।

रक्तश्रावले थलिएकी तामाङको ज्यान बचाउन कर्णाली प्रदेशको पहल र गृह मन्त्रालयको समन्वयमा र नेपाली सेनाको प्रयासले रक्तश्राव भएकी महिलाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल,जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्