मापदण्ड विपरीतका घर भत्काइने



कविराज नेपाल, पाल्पा
तानसेनको सडक साँघुरो भएकाले सडक विस्तार गर्नका लागि यहाका सडक मापदण्ड विपरित भएका घरहरुलाई तानसेन नगरपालालिकाले भत्काउने भएको छ ।

तानसेनको शहरी क्षेत्रभित्र होलाङ्दी– बसपार्क–जिरो– ढुङाखानी क्षेत्रका घरहरू भत्काइने भएको हो । सडकको केन्द्रबाट १०÷१० मिटर सडक चौडा गर्न त्यस क्षेत्रमा पर्ने भौतिक संरचना भत्काइन लागेको तानसेन नगरपालिकाले जनाएको छ ।

तानसेन नगर कार्यपालिकाको फाल्गुन १५ गते बसेको बैठकले उक्त निर्णय गरी सडक बिभागलाई रेखाङ्कन तथा अरु प्रविधिक सहयोग गर्न अनुरोध गरेको छ ।
यस अघि सडककिनारमा सडक नै मिचेर केयौं घरटहराहरु वनेकाछन । ति सवै संरचनालाई नियमानुसार भत्काउन लागेको र यसका लागि कार्य पालिकाको सर्व सम्मत निर्णय समेत भै सकेको नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले वताए ।

यस् अघि पनि तानसेन नगरपालिकामा रहेका गैर कानुनी सरचना भत्काउने कामको थालनी भन्दै केही घरमा डोजर लगाएको थियो । तानसेनको व्यवसायिक विकास र नगरवासीको दीर्घकालीन हितका लागि सडक भत्काउनुको विकल्प नभएको र सोही अनुसार सडक भत्काउनै पर्ने भएकाले भत्काउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत कीर्तन राज पौडेलले वताए ।

बिगतमा पनि शहरी क्षेत्रको सडक बिस्तारमा बिरोध गरिएका कारणले गर्दा नगरलाई छलेर होलाङ्दी–ढुङाखानी बाइपास सडक निर्माण गरिएको थिया े। उक्त सडक आहिले पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। उक्त बाटोलाई प्राथमिकता दिदा तानसेनको बजार क्षेत्रको ब्यापार सुकेको भनेर प्रतिकृया आउने गरेको छ । त्यस कारणले सडक बिस्तार गरेर बिकास निर्माणलाई थप अघि बढाउनुको बिकल्प नरहेको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले बताए ।

यसैवीच सडक विस्तार गर्दा भौतिक संरचनाको क्षति हुने र कतिपयको घरवास नै नामेट हुने भन्दै यहाका १ सय २६ जना घर र जग्गाधनीले तानसेन नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा गइ विरोध जनाउदैे घर नभत्काउन आग्रह गरेका छन ।

विरोध गर्नेमा ति व्यसायी र घरधनीहरु पनि छन जसले पहिले वाटो यहाबाट नलैजाने भन्दै सरकारको समर्थन लिएर वाइपासको वाटो पास गराएका थिए । पछि वाइपासबाट गाडी चल्न थालेपछि व्यापार सुकेकाले फेरी यहीबाट यातायात संचालन हुनुपर्छ भन्दै माग गरेका थिए । अहिले फेरी तिनै व्यक्तिहरु वाटो फराकिलो हुदा उठिवास लाग्ने भन्दै डेलिगेशनमा गएका छन । यसरी बाटोका लागि जग्गा पनि नदिने, वाटो फराकिलो गराउन पनि नचाहने र्र्सिंकंण सोँचका कारण यहाको विकासमा वाधा भएको कतिपयको टिप्पणी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्