दुईतिहाइ सरकारका गतिविधीले जनता निराश



धर्मेन्द्र बिसी, अछाम
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रमेश लेखकले बर्तमान सरकारको गतीबिधि प्रती जनतामा निरासा छाएको बताउनु भएको छ ।
जिल्लाको साँफेबगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्ब मन्त्री लेखकले बर्तमान सरकारले भ्रष्टचारी र अपराधीहरुको संरक्षणबाहेक अरु केहि गर्न नसकेको भन्दै जनताहरुमा निरासा छाएको बताउनु भएको हो ।

कम्प्युनिष्टको सरकारको लापरवाहीका कारण दिन दुईगुना रात चौगुनाका रुपमा अपराध बढेको बताउँदै उहाले काँग्रेस बलियो हुँदा मात्र मुलुक बलियो बन्ने टिप्पणी गर्नुभयो ।

बर्तमान सरकारले राष्टघाती काम मात्रै गरेको बताउदै उहाले बर्तमान सरकार पुर्ण रुपमा असफल भएको दावी गर्नु भएको थियो । नेता लेखकले मुलुकमा भएको हरेक परिर्तन काँग्रेस कै नेतृत्वमा भएको भन्दै काँग्रेस कृयाकलाप्रती पछिल्लो समय जनतामा आसा पलाएको बताउनुभयो ।

सिके रावतसंग भएको सम्झौता राष्ट्रघाती, अपारदर्शी र बिखण्डनकारी भएको समेत उहाको दाबी थियो । कार्यक्रममा नेपाली काँग्रेस अछामका सभाति भरत कुमार स्वाँर,पुर्ब सभापति मेघराज खड्का ,जिल्ला समन्यय सभापती नरबहादुर कुवँर,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँर लगातका अथीती रहनु भएको थियो ।

प्रेस युनियन अछामका कार्यवाहक सभापती धनराज साउँदको अध्यक्षतामा भएको पत्रकार सम्मेलनकोे सञ्चालन गीता कुवँरले गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस्