दानी वडा अध्यक्ष



हेटौंडा, (नेस)
नेपाली कांग्रेसका तर्फबाट हेटौंडा–५ का वडा अध्यक्ष निर्वाचित राजेश बानियाँले परोपकारी कार्य गर्नुभएको छ । बानियाँले हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रमलाई करिब ५० हजार रुपियाँ बराबरको लुगाधुने मेसिन सहयोग गर्नुभएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा सम्पन्न राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उपहार कार्यक्रमअन्तर्गत् आफूलाई प्राप्त लुगाधुने मेसिन उहाँले आश्रमलाई सहयोग गर्नुभएको हो ।

राज्यले वृद्धाश्रमलाई सहयोग गर्नुपर्ने भन्दै बानियाँले भन्नुभयो–आमाबुबाका लागि सानो भए पनि सहयोग गर्न पाउनु खुशीको विषय हो । हेटौंडामा रहेका आश्रममध्ये सबभन्दा धेरै बृद्धबृद्धा रहेको आश्रमलाई निरन्तररुपमा सहयोग गर्ने उहाँले वचन दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा–१ अध्यक्ष सबिन न्यौपाने, वडा–१४ अध्यक्ष दीपक खड्का तथा वृद्धाश्रम अध्यक्ष वुद्धिप्रसाद पौडेललगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्