गोरखाका एसईई परीक्षा केन्द्रमा सेनेटर प्याड



नेपाल समाचारपत्र, गोरखा
गोरखाको सबै एसईई परीक्ष्ाँ केन्द्रमा सेनेटरी प्याड राखिने भएको छ । जिल्लाको २५ वटै परीक्ष्ाँ केन्द्रमा महिनावारी भएका छात्रा परीक्ष्ाँर्थीको सजिलोका लागि सेनेटरी प्याड राखिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेलले जानकारी दिए ।

‘शनिवारदेखी परीक्ष्ाँ केन्द्रमा उत्तरपुस्तिका लैजाने काम शुरु हुन्छ’ उनले भने‘उत्तरपुस्तिका सगँसंगै सेनेटरी प्याड पनि पठाउछौं ।’ गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्विकृत कार्यक्रम अन्तरगत परीक्ष्ाँ केन्द्रमा सेनेटरी प्याड राखिने भएको हो ।

परीक्ष्ाँका क्रममा महिनावारीलाई सहज रुपले ब्यबस्थापन गर्न सजिलो होस भनेर सेनेटरी प्याडको ब्यबस्था गरिएको मन्त्रालयको सामाजिक विकास शाखाकी शरद गुरुङले बताईन् । ‘परीक्ष्ाँ चलिरहँदा महिनावारी भएमा कसरी ब्यबस्थापन गर्ने भन्ने तनाव छात्रालाई नहोस भनेर यसो गरिएको हो’ उनले भनीन् ‘महिनावारी ब्यबस्थापनमा सजिलो भएपछि छात्राहरु तनावमुक्त भएर परीक्ष्ाँमा केन्द्रित हुन पाउँछन् ।’

प्याडसँगै हरेक परीक्ष्ाँ केन्द्रमा पानी सहितको शौचालय र प्याड ब्यबस्थापन गर्ने ठाउँको पनि बन्दोबस्त गर्न सामाजिक विकास शाखाकी मन्जु ढुंगानाले शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण गराईन् । प्रदेश सरकारले परीक्ष्ाँ केन्द्रमा सहभागी छात्रामध्ये १५ प्रतिशत परीक्ष्ाँ अबधिमा महिनावारी हुन सक्ने आकँलन सहित बजेट ब्यबस्थापन गरेको छ ।

प्याड खरिदका लागि मन्त्रालयले ३० हजार रुपैयाँ शिक्षा विकास तथा समन्वय इकाईलाई उपलब्ध गराएको छ । इकाईले परीक्ष्ाँकेन्द्रमा पठाएको प्याड अपुग भएमा सम्बन्धित विद्यालय वा परीक्ष्ाँ केन्द्रले नै यसको ब्यबस्थापन गर्नुपर्ने इकाईका प्रमुख पौडेलले जानकारी दिए । चैत १० गतेबाट एस ई ई परीक्षा सञ्चालन हुदैछ । यसबर्षको परीक्षामा गोरखाबाट चार हजार चार सय २१ परीक्ष्ाँर्थी सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्