‘विप्लपलाई वार्तामा नल्याए संकट निम्तिन्छ’



विनोद सिंह विष्ट, बैतडी
नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य रमेश लेखकले अहिलेको मुख्य आवश्यकता भनेको देश सम्बृद्धिको बाटो रहेको बताएका छन् ।
नेपाली कांग्रेस बैतडीले सिगासमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको सम्बृद्धिको लागी सबैले एकजुट भएको अगाडी बढ्नुको विकल्प नरहेको बताए ।

पूर्व भौतिक योजनामन्त्री समेत रहेका नेता लेखकले सरकारको गतिविधिप्रति आमनागरिक निरास छाएको धारणा व्यक्त गरे । देश टुक्राउने डाक्टर सिके रावतसंग सम्झौता गरी नेत्रविक्रम चन्दलाई राजनितिवाट प्रतिबन्ध लगाउनु गलत हो उनले भने “ विप्लवलाई अपराधिक समूह घोषणाको पुर्नविचार गरी चाँडै वार्ताको माध्यमवाट समस्या समाधान गर्नुपर्छ” उनले थपे“ विप्लपको मागलाई वार्ताको माध्यमवाट पूरा नगरे देशमा ठुलो संकट निम्तिन सक्छ”
एक फरक प्रसंगमा नेता लेखकले कांग्रेस कारखाना जस्तै पार्टी भएकोले कारखानावाट उत्पादन सधै भइरहने बताए ।

कांग्रेसले धेरै लोकप्रिय काम गरेको भएपनि जनतामाझ पुर्याउन नसक्दा पछि परेको हो उनले भने “पार्टीभित्र रहेका मतमतान्तरलाई मिलाएर गुटको मोहलाई छोड्नुपर्छ”
कांग्रेस सधै जनताको समस्या समाधान गर्न अग्रसर रहेकोले जनताको साथ र सहयोगको आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यकर्ता प्रशिक्षण सुरु
नेपाली कांग्रेस बैतडीको कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रम शनिवारवाट सुरु भएको छ । जिल्लाका सबै स्थानिय तहमा सञ्चालन हुने कार्यक्रम शनिवार सिगास गाउँपालिकावाट सुरु भएको नेपाली कांग्रेस बैतडीका सचिव वीर बहादुर विष्टले जानकारी दिए । पशिक्षण नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व भौतिक योजनामन्त्री रमेश लेखकले दिइराखेका जनाईएको छ ।

शनिवार सिगासवाट सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन पनि केन्द्रिय सदस्य लेखकले गर्नुभएको छ । नेपाली कांग्रेस बैतडीका सभापती नरेन्द्र सिंह थापाको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखक रहेका थिए यस्तै बिशिष्ट अतिथिमा पूर्व वाणिज्यराज्यमन्त्री नरबहादुर चन्द रहेका थिए । प्रशिक्षण कार्यक्रम चैत १० गते सम्म सञ्चालन हुने बताईएको छ ।

भोली आइतवार सुर्नया गाउँपालिकाको मोतिनगरमा प्रशिक्षण कार्यक्रम तथा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन हुने नेपाल तरुण दल बैतडीका उपाध्यक्ष एवं प्रवक्ता महेशदत्त भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्