बाढी र पहिरोमा परी ११ जनाको मृत्यु


साओ पाउलो ।
ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

आइतबार राती परेको भीषण वर्षापछि पाँच व्यक्ति डुबेर मरेका र अन्य छ सो वर्षापछि गएको पहिरो परी मारिएका सरकारी स्रोतले जानकारी दिएको छ ।

भारी वर्षाको कारण साओ पाउलोमा एक शहरबाट अर्को शहरमा जाने सडकमार्ग अवरुद्ध भएको बताइएको छ । साओ पाउलोका कार्यबाहक मेयर इदुवार्दो तुमाले एक रातमा मार्च महिनाभरी पर्ने वर्षाको ८० प्रतिशत वर्षा भएको बताउनु भएको छ ।

अझै पनि वर्षा जारी रहने मौसम विज्ञहरुले जानकारी दिएका छन् ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।