नयाँ वर्षलाई लभ स्टेसन 

0
Shares

 

गत वर्षको सुपर हिट फिल्म लिली बिलीको जमेको जोडी नायक प्रदीप खड्का र नवनायिका जसिता गुरुङ अभिनित फिल्म लभ स्टेसन नयाँ वर्षको छेको पारेर आगामी चैत २२ गते अल नेपाल रिलिज हुने भएको छ।

सांगीतिक प्रेमकथामा आधारित फिल्मको फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ। क्यारेक्टर इन्ट्रोडक्सनयुक्त पोस्टरलगायतको फस्ट लुक्स सार्वजनिक गरिएको हो। रिलिज डेटलाई लक्षित गरेर पोस्टर सार्वजनिक गरिएको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए। रिलिज गरिएका पोस्टरमा प्रदीप र जसिताको माया प्रेम दर्शाइएको छ। सबै पोस्टरको डिजाइन आनन्द महर्जनले गरेका हुन्। लभ स्टेसनको अहिले चर्चामा रहेको तथा भियतनाम र बालीको खिचिएको गीत जुन तारा चाहिँदैनको एक सुन्दर दृश्यलाई पनि दुई पोस्टरमा समेटिएको छ। जसमा समुन्द्र किनारमा प्रदीप र जसिताको रोमाञ्चकारी भाव समेटिएको छ।

फिल्म उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। घिमिरेले लभ स्टेसन सांगीतिक प्रेमकथामा बनेको बताएका छन्। नायक खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमाभन्दा लभ स्टेसनमा आफ्नो काम केही पृथक रहेको बताएका छन्। फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरू विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानालगायतले अभिनय गरेका छन्। फिल्म काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन्। आलोक शुक्लाको छायांकन रहेको लभ स्टेसनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। जसमा अर्जुन जीसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ।