प्रधानसेनापति थापा र जोसेफबीच भेट 



काठमाडौ (नेस) । प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाका डेपुटी एसिस्टेन्ट सेक्रेटरी अफ डिफेन्स जोसेफ फिलटेयर ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र जोसेफ बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

सोही क्रममा जोसेफले शान्ति सेनामा नेपाली सेनाले पु¥याएको योगदानको खुलेर प्रशंसा गर्दै शान्ति सेना कार्यमा नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने र नेपाली सेनाको दैविप्रकोप उद्धार कार्य क्षमतालाई अभिबृद्धि गर्न सहकार्य र सहयोग समेत गर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्