पहिचान बनाउँदै जयबुद्ध क्लब



सीताराम चौधरी, कपिलवस्त ।
जयबुद्ध सामाजिक युवा क्लबको प्रथम क्लब सभाको अवसरमा क्लब घर उद्घाटन गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १, बेलौतीस्थित नेपाल आदर्श बहुमुखी क्याम्पस नजिकै नवनिर्मित क्लबको भवन उद्घाटन गरिएको हो ।

प्रदेश सांसद अर्जुन कुमार के.सी.ले द्वीप प्रज्वलन तथा रिबन काटी भवनको उद्घाटन गरे । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद के.सी.ले सामाजिक कूरीतिको अन्त्यका लागि क्लबले अभियान चलाउनुपर्नेमा जोड दिए ।

समाजमा हुने विभिन्न खाले विकृति, विसंगतिलाई न्यूनीकरण गरी सभ्य समाज निर्माणमा क्लबले महत्वपूर्ण भूमिका खेल्नुपर्ने जिकिर गरे । युवावर्गलाई श्रृजनशील कार्यतर्फ उत्प्रेरित गर्न क्लबले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने औल्याए । साथै जयबुद्ध क्लबले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकोमा थप अग्रसरता देखाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी.ले आफूहरुले गर्ने सामाजिक कार्यमा क्लबले साथ र सहयोग गर्दै आएकोमा धन्यबाद समेत दिए । उनले आगामी दिनमा समेत समाजको मुहार फेर्नमा क्लबले निरन्तर सकारात्मक कदम चाल्नुपर्ने जिकिर गरे । यस्तै कार्यक्रमको शिवगढी साहित्य संगमका अध्यक्ष अर्जुन कुमार पौडेलले पछिल्लो समय युवापिंढी विभिन्न कुलतमा लागेकोमा दुःख व्यक्त गरे । उनले देशविकासका सम्बाहक युवापिंढीलाई सकारात्मक दिशातर्फ डो¥याउन सामाजिक संघसंस्था तथा क्लबहरुले गाउँ गाउँमा जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्यद्वय लक्ष्मी हमाल, टिका वि.क., वडा सदस्य भिखु थारु, सामुदायिक वन महासंघ शिवराज नगरअध्यक्ष खिमविक्रम के.सी., युवा संघ नेपाल शिवराज अध्यक्ष रामचन्द्र के.सी., महिला अधिकारकर्मी भगवती के.सी. लगायतले क्लबको उन्नति, प्रगतिको शुभकामना दिएका थिए ।

कार्यक्रमको अवसरमा क्लबका अध्यक्ष तिलक पुनले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । वि.सं. २०६४ सालमा स्थापना भएको क्लबले एक दशक पार गर्दा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष पुनले बताए । खेलकूद बाहेक सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटन प्रवद्र्धनको संरक्षण, प्रचारप्रसारमा समेत क्लबले महत्वपूर्ण योगदान पु¥याएको छ, अध्यक्ष पुनले भने । पुनका अनुसार क्लबले खेलकूद प्रतियोगिता, दुर्गा मन्दिर व्यवस्थापन, देउसी भैलो जस्ता कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । साथै विवाह, पूजाआजा जस्ता कार्यका लागि क्लबले भाँडा र टेन्ट भाडामा दिई आयआर्जन गरी सामाजिक कार्यमा लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्