निःशुल्क स्वास्थ्य शिविरमा सेवाग्राहीको भीड



नेपाल समाचारपत्र, काठमाडौँ
खोटाङका विभिन्न स्थानमा सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र उपचारात्मक सेवा महाशाखाको आयोजनामा १२ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बिकाश र सम्बृद्धिको आधार भनेको स्वस्थ नागरिक हो भन्ने तथ्यलाई आत्मसात गर्दै समयमै रोग पहिचान गर्न घुम्ती अस्पताल सेवा गा“उ गा“उमा पुर्याउने प्रयासले यस्तो शिविर सञ्चालन गरिएको हो ।

घुम्ती अस्पताल शिवीरमा छाला, हडजोर्नी, छाती, बाल लगायतका सामान्य, जेष्ठ नागरिक, दा“त तथा मुख, आ“खा, महिलासम्बन्धी रोग, स्तन क्यान्सर स्क्रिनीङ, भिडियो एक्सरे, चिनीरोगको परीक्षण, आर्युवेद, योग तथा जीवनशैली ब्यवस्थापन, सामाजिक सेवा इकाई र औषधी बितरण सेवा निःशुल्क प्रदान गरिएको थियो ।

सामाजिक सेवा इकाई सेवामार्फत उपचार गर्न नसक्नेलाई नजिकको प्रेषण वा काठमाडौँमै ल्याई वा घुम्ती शल्यक्रिया शिविर संचालन गरी उपचार गराउन उनीहरुको नाम, सम्पर्क ब्यक्ति र फोन नम्बर अभिलेख गरिएको शिवीर संयोजक तथा उपचारात्मक सेवा महाशाखाका आ“खा,नाक,कान,घा“टी र मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
नरदेवी आयुर्वेद अस्पताल, न्याम्स वीर अस्पताल, पाटन अस्पताल, कान्तिपुर डेण्टल हस्पिटल,किर्तिपुर आ“खा अस्पताल लगायत अन्य संघसंस्थाहरुका बिशेषज्ञ संलग्न उक्त शिवीरबाट ४ हजार ५ सय बढीले सेवा लिएको बताइएको छ ।

शिविरमा ४ सय महिलाको म्यामो गरिएकोमा १०५ जनाको स्तनमा गिर्खा वा डल्लो भेटिएको, ७ सय १६ स्त्री रोग महिलाको उपचार, १ सय १३ जनाको चिनीरोगको पहिचान भएको, ७ सय ६४ जना बिरामीको दा“तको उपचार र ७ सय १५ जनाको भिडियो एक्सरे गरिएको थियो । १ सय ३५ जना अन्य र ६८ जना आ“खाको बिरामीलाई शल्यक्रिया गर्न अभिलेख राखिएको संयोजक डा. बुढाथोकीले बताउनुभयो । आर्युवेदिक, होमीयोप्याथिक र एलोप्याथीक गरी १५ लाख बढीको औषधी तथा नेपाल डेण्टल एसोसियसनद्धारा प्राप्त ५ हजार दन्तमञ्जन निश¬ल्क बितरण भएको छ ।

सेवा प्रदायक सेवाग्राहीकह“ा र रोगको पहिचान गरी समयमै उपचार प्रदान गर्ने उदेश्यले निशुल्क बिशेषज्ञ घुम्ती स्वास्थ्य शिवीर संचालन गरिएको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मनिषा रावलले बताउनुभयो ।
घुम्ती बिशेषज्ञ स्वास्थ्य शिवीर गत पुस २३ गते देखी ११ दिनसम्म खोटाङकै उत्तरी जाल्पा, बाक्सिला, दार्गाम्छा, ऐशलुखर्क, हलेसी र माघ १३ गतेदेखि २४ गतेसम्म मानेभञ्ज्याङ, साकेला, ओख्रे, जनसेवा दि“हु, चिप्रीङ, सिम्पानी, खोटाङ बजार, चिसापानी बजार र धर्तुङमा सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिविरमा उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवका जनस्वास्थ्य बिज्ञ सल्लाहाकार एवम् बरिष्ठ फेमीली फिजिसियन डा.के के राईको नेतृत्वमा २२ जना स्वास्थ्यकर्मी संलग्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस्