विराटनगरबाटै श्रम स्वीकृति सेवा शुरु, पहिलो चरणमा रि इन्ट्री मात्रै



सरोज यादव, विराटनगर
प्रदेश नं १ बाट वैदेशिक रोजगारीमा गएर फर्केका सेवागा्रहीले श्रम स्वीकृती लिन अब काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ । सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृतिको सेवा शुरु गरेपछि यो वाध्यताको अन्त्य भएको हो ।

विराटनगरबाटै श्रम स्वीकृति पाउन थालेपछि सेवाग्राहीले राहत महसुस गरेका छन् । विराटनगर पोखरीयास्थित कार्यालय परिसरमा बुधबार आयोजित सेवा आरम्भ कार्यक्रमबीच प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले श्रम स्वीकृति दिने कार्यको शुभारम्भ गरे । उनले पहिलो सेवाग्राही धनकुटाका विजय खड्काको राहदानीमा श्रम स्वीकृति अंकित स्टिकर हस्तान्तरण गर्दै सेवा आरम्भ गरेका हुन । सो क्रममा उनले विराटनगरबाट श्रम स्वीकृति दिने कार्य शुरु भएपछि सेवाग्राहीलाई सहज हुने बताए । उनले यसअघि श्रम स्वीकृतिका लागि काठमाडांै जानुपर्ने र झन्झट बेहोर्नुपर्ने अवस्थाको समेत अन्त्य भएको बताए ।

वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई सहज र विकेन्द्रित गर्दै लगेको सरकारले विभिन्न प्रदेशबाट श्रम स्वीकृतिसेवा दिन सुरु गरेको छ ।

सेवा आरम्भ कार्यक्रममा शुभकामना ब्यक्त गदै मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले यसअघि केन्द्रीकृत रुपमा सेवा प्रवाह गर्दा गुणस्तरीय हुन नसकेको कारण त्यसलाई सहज बनाउँदै लाने नीतिअनुरुप विराटनगरबाट समेत सेवा सुरु गरिएको बताए । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिलगायतको सेवा अबदेखि विराटनगर कार्यालयबाटै हुने कार्यालयका निमित्त प्रमुख सविता दाहालले जानकारी दिइन ।

उनले श्रम स्वीकृति लिंदा कुनै प्रकारको राजस्व नलाग्ने जानकारी दिदै सेवाग्राहीले बैदेशिक रोजगारी कल्याणकोषमा जम्मा हुने गरी १५ सय रुपैयाँ बैंकमा बुझाउनुपर्ने र उमेरअनुसारको बिमा रकम बिमा कम्पनीलाई बुझाउनुपर्ने बताइन । उनले पहिलो चरणमा विदेशबाट फर्किएर फेरि विदेश जाने इच्छुक व्यक्तिहरुलाई मात्र (रि इन्ट्री) श्रम स्वीकृति दिने व्यवस्था गरिएको र छिट्टै सम्पूर्ण सेवाहरु सुचारु हुने जानकारी दिइन ।

विराटननगरबाट पनि श्रम स्वीकृति शुरु भएको छ उनले भनिन पहिलो चरणमा यस कार्यालयबाट विदेशबाट फर्किएर फेरि विदेश जाने इच्छुक व्यक्तिहरुलाई मात्र (रि इन्ट्री) श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ र बाँकी आवश्यक कामहरु छिट्टै सुचारु गराइने छ । सामाजिक विकासमन्त्री घिमिरेबाट श्रम स्वीकृति स्टीकर अंकित स्टिकर बुझेका पहिलो सेवाग्राही धनकुटाका विजय खड्काले विराटनगरमै सेवा लिन पाउँदा सहज र खर्चसमेत बचत भएको प्रतिक्रिया दिए ।

यही कामका लागि काठमाडौ जानुपर्ने बाध्यता हटेसँगै खर्च र समयको पनि बचत भएको छ उनले भने स्वदेशमै काम र श्रमको उचित मुल्य पाइने भए किन पो विदेश जनु पर्ने थियो र २ पैसा कमाउन भनेर विदेशिनु त हाम्रो विडम्बना नै भयो यही कामका लागि गर्नुपर्ने दौडधुमप भने स्वदेशमा कम भएको महसुस भएको छ ।

यसअघि प्रदेश २, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा श्रम स्वीकृति सेवा शुरु गरिसकिएका थियो । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्