बाथरोगीलाई पञ्चकर्म बिधि द्धारा उपचार



SONY DSC

विमल विष्ट, डोटी
जिल्लाको दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँँ उपचार प्रबिधि सुरु गरिएको छ । जिल्ला आर्यूेबेद कार्यालय दिपायलले स्वधन चिकित्सा प्रबिधि अर्थात पञ्चकर्म– पुर्णकर्म बिधिद्धारा उपचार गर्न सुरु गरेको छ ।

लामो समय देखी उपचार नपाएर घरैमा बस्न बाध्य तथा उपचारका लागि जिल्ला बाहिर तथा छिमेकी मुलुक जान बाध्य भएका बाथ रोगीका लागि जिल्ला आर्यूेबेद दिपायलले यो प्रबिधि बाट उपचार गर्न सुरु गरेपछि अहिले आर्यूेबेद कार्यालयमा उपचार गराउन आउने बिरामीहरुको भिड हुने गरेको सो कार्यालयका लेखापाल रतन माझीले बताउनु भयो ।

उहाँले भन्नुभयो, “रकम अभाबमा कतिपय बिरामी उपचार नपाएरै घरैमा बस्न बाध्य थिए केही धेरै टाढा गएर महँगोमा उपचार गर्न बाध्य थिए, हामीले सेवा दिन थालेपछि उनिहरुको चाँप बढेको हो ।” उहाँका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा त्यसपछि बाथरोगका बिरामी बढी छन् ।

डोटीमा करिब ३५ देखी ४० प्रतिसत बाथ रोगका बिरामी रहेको जिल्ला आर्यूेबेद कार्यालय दिपायलले जनाएको छ ।’ पञ्चकर्म– पुर्णकम प्रबिधि बाट उपचार गराउदा आफनो बाथ रोग क्रमिक रुपमा सुधार हुदै गएको दिपायल स्थित कठायत टोलकी ७० बर्षिया हिरादेबी कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी भएको वर्षौ भईसकेको थियो उपचार गराउन पाएकी थिएन,अहिले यहाँ उपचार गराउन आउन थालेपछि शरिर कम दुख्न थालेको छ, निको भएको महसुस गरेकी छु ।” उहाँ जस्तै अर्का बाथ रोगी गणेश शाहुले पनि आफुले पञ्चकर्म– पुर्णकम प्रबिधि बाट उपचार गराउन थालेपछि बाथरोगका कारण कम्मर दुख्ने निको हुन थालेको बताउनु भयो ।

स्वधन चिकित्सा प्रबिधि अर्थात पञ्चकर्म– पुर्णकर्म बिधि भनेको तेल,बिभिन्न जडीबुडी,घृत तथा मह पकायर बाफद्धारा शरिरमा भएको खराब रगत हटाउने प्रबिधि हो । यो प्रबिधि डोटीमा पहिलो पटक लागु भएको हो । बाथ रोग बंसाणुगत क्रमले सर्ने भएकाले उपचार पश्चात बाथरोग पुर्ण तया निको हुने डाकटरहरु बताउछन् । बाथरोगका बिरामीलाई निको पार्न करिब चार हप्ता देखी एक वर्ष सम्म समय लाग्न सक्ने चिकित्सकहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्