‘सपिङ्ग कम्प्लेक्स’ पुरा गर्न सम्झौता



मोतीराम तिमल्सिना, काभ्रे
धुलिखेल नगरपालिका वडा नम्वर ६ मा निर्माण भईरहेको सपिङ्ग कम्प्लेक्स पुरा गर्न थप सम्झौता भएपछि स्थानीयहरु हर्षित भएका छन् । केहि वर्ष अघि शुरु भई निर्माण अधुरो रहेको कम्प्लेक्सलाई जनप्रतिनिधिहरु निर्वाचित भए लगत्तै कार्य अगाडी बढाईएको थियो ।

२ हजार ४ सय वर्ग फिट रहेको उक्त सपिङ्ग कम्प्लेक्स निर्माणका लागि १ करोड ८१ लाख ३० हजार ३ सय १५ रुपैया यस अघि खर्च भई सकेको छ । नगर विकास कोषसँग सम्झौता भई १ करोड ३६ लाख ४५ हजार ६ सय ३ रुपैया समेत गरी सपिङ्ग कम्प्लेक्समा ३ करोड १७ लाख ७५ हजार ९ सय १८ रुपैया खर्च हुने भएको छ ।

निर्माण शुरु भई बाँकी रहेकोे सपिङ्ग निर्माणका लागि धुलिखेल नगरपालिका र नगर विकास कोष विच यस अघि सम्झौता भएको छ । बोलपत्र आब्हान गर्ने तयारी रहेको नगरपालिकाले जानकारी दिएको छ । नगर विकास कोषको ९० प्रतिशत ऋण अथार्त १ करोड २२ लाख ८१ हजार ४३ रुपैया, नेपाल सरकारको अनुदान ७.५ प्रतिशत अर्थात १० लाख २३ हजार ४ सय २० र धुलिखेल नगरपालिकाको समपुरक कोष ३ लाख ४१ हजार १ सय ४० रुपैया समेत गरी १ करोड ३६ लाख ४५ हजार ६ सय ३ रुपैयामा बाँकी कार्य सम्पन्न गर्ने गरी तयार भएको लगत स्टमेट अनुसार सम्झौता भएको हो ।

नगर विकास कोषका कार्यकारी निर्देशक मणिराम महत र धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु बीच धुलिखेल नगरपलिकामा सम्झौता भएको हो ।

नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्दा देखि धुलिखेलसँग शुरु भएको नगर विकास कोषको सहकार्य काठमाडौ विश्वविद्यालय, धुलिखेलको सञ्जिवनी विद्यालय, खानेपानी, हुँदै श्रीखण्डपुरमा ढुंगा विछ्याउन नगर विकास कोषको सहयोग रहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताए ।

नगरपालिकाले अगाडी सारेको गुरु योजना अनुसार देविस्थनमा निर्माण गर्न लागिएको पर्यटकिय पार्क, टुडिखेलको मर्मतमा सहकार्य गर्न नगरपालिकाका प्रमुख ब्याञ्जुले प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्