एक गाग्री पानी ल्याउँन एक घण्टा



सरिता चलाउने, सल्यान
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ११ बाँफुखोलाको एक गाउँमा स्थानीयलाई पानी ल्याउन जान एक घण्टा लाग्ने गरेको छ । बाफुखोलामको बुढा गाउँमा अहिलेसम्म खाने पानीको धारा नपुग्दा एक गाग्री पानीका लागि घण्टौं हिड्नुपर्ने बाध्यता अझै नहटेको स्थानीयबासीले गुनासो गरेका छन् ।

बागचौर नगरपालिका वडा नम्बर ११ अबस्थित पातिहाल्न बजार देखि नजिकैको बुढागाउँमा एक गाग्री पानी लिनका लागी एक घण्टा लाग्ने स्थानीय बसन्त बुढाले जानकारी दिए । उनले भने,‘मैले थाहा पाएदेखी एक गाग्री पानी ल्याउनका लागि आउँदा र जाँदा मात्रै एक घण्टा समय लाग्छ, यसले गर्दा घरमा एक जनालाई त पानी ल्याउनमै पुरै दिन बित्छ ।’

खानेपानीको अभावकै कारण आफ्ना छोराछोरीको पढाइ समेत प्रभावित बनेको भन्दै स्थानीय ५८ वर्षिय बिर बहादुर बुढाले भने, ‘म बुढोले मेरा नानी बाबुलाई खानेपानी ल्याउ भनुकी पढ ? हाम्रो यस्ता पिडा कस्ले बुझ्छ ?’ स्थानीयका अनुसार झण्डै ब्राह घरधुरी बसोबास रहेको बुढागाउँको खानेपानीको यो समस्या अहिले नभएर पहिले देखिकै रहेका बताएका छन ।

यस्तै अन्य दुई तिनवटा बस्ती डाँडापाखामै छरिएर रहेकाले खासगरी यिनै दुई तिनवटा बस्तीमा खानेपानीको चरम अभाव छ । खानेपानी सम्बन्धि गर्नुपर्ने पहल र बजेटले भ्याएसम्मका काम गरीरहेको र बजेट अभावले गर्दा सबैठाउँमा पुग्न नसकिएको वडा कार्यालयले जनाएको छ । खानेपानीको अभावलाई मध्यनजर गर्दै वडा, नगर, प्रदेश र केन्द्रसम्म पहल गरिरहेकोे ११ नम्बर वडा अध्यक्ष मोहनलाल खड्काले बताए ।

उनले भने, यो अभावलाई यथासक्य सम्बोधन गर्दै सम्बन्धित ठाउँमा पहल गरिरहेको छु । त्यसैल खानेपानीका यस्ता समस्या अब धेरै दिन रहने छैनन्, एक गाग्री पानीका लागि झण्डै एक घण्टा बढी हिड्ने जुन यहाँका स्थानीयको बाध्यता छ, यसलाई छिटो भन्दा छिटो हल अबस्य गर्छु ।

वडा विकट भएर होला अन्य वडाको तुलनामा हरेक वर्ष अन्य वडामा भन्दा बढी बजेटको ब्यवस्था भएको छ उनले बताए । अझै पनि वडा नम्बर ११ का बिकट बस्तीमा बाटो नपुगेको अबस्था छ, खानेपानीका धार पुगेका छैनन्, सिचाईको अभावले बारी पुरै बाँझो राख्नुपर्ने बाध्यता छ, त्यसैले बाटो नपुगेको बस्तीमा बाटो लाने, खानेपानीको अभावलाई हटाउँने,बाँझो भूमिलाई सिँचाइयुक्त बनाई त्यसलाई जनताको आयआर्जन सँग जोड्ने कुरामा नै मेरो सम्पूर्ण ध्यान उनले भने ।

त्यसैले ११ नम्बर वडालाई समृद्ध वडा बनाउँने मेरो जुन किसिमको सपना छ ,त्यसलाई पुरा गरेरै छोड्छु ।

प्रतिक्रिया दिनुहोस्