हुम्लामा पुनः हिंमपात



अर्जुन बोहरा, सिमकोट
हुम्लामा परेको भारी हिमपातले हुम्ला लगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ । हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सिमकोटमा एक फिट भन्दाबढी हिउँजमेको र तापक्रम माइनसमा झरेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुगानाले बताउनुभयो ।

वुधवार राती देखि परेको हिंपातल ेहुम्लाको सिमकोट, मुगुको ताल्चा, जुम्ला, साँफेबगर लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको प्रमुख जिल्ला अधिकारी ढुगानाले बताए । हिमपातले चिसो बढे सँगै सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले सेवाग्राहीलाई सेवादिन समस्या भएको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताउनुभयो ।

एक सात अघिको हिउँ पग्लन नपाउँदै पुनः हिमपात शुरु भएपछि सिमकोटका होटल व्यवसायी र स्थानिय बासिन्दालाई समस्या बनाएको छ । उता ग्रामिण भेकका किसानहरुलाइ भने हिंपातले उत्साहित बनाएको छ ।हिमपातले धारा बाट पानी ल्याउन समेत कठिन भएको सिमकोट २ का गोरसिह बोहराले बताए ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ दिनको हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र पानी परिरहेकाले प्रमुख जिल्ला अधिकारी ढुंगानाले यहाँका स्थानियलाई सतर्क रहन आग्रह समेत गर्नु भएको छ । पश्चिमी भुभागमा सामान्य देखि पूर्ण बदली भएको हुदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लयातका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्