सन् २०३० सम्म सबै जनतामा स्वास्थ्यको सहज पहुँच: राज्यमन्त्री यादब



पुष्कर बुढाथोकी, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले सरकारले सन् २०३० सम्म सबै जिल्ला र स्थानीय तहका जनतामा स्वास्थ्यको सहज पहुँच पु¥याउने बताउनुभएको छ । बिहीबार भक्तपुर अस्पतालको पुरानो भवनको रेक्टोफिटिङ तथा नयाँ भवन निर्माणको शुभारम्भ गर्दै उहाँले संविधानले जनताको आधारभूत स्वास्थ्य सेवा पूरा गर्न देशभरका सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल पु¥याउने व्यवस्था गरेको बताउनुभयो ।

मानव स्रोत र भौतिक संरचनाको अभावमा त्यो तत्काल सम्भवन नहुने देखिएको बताउदै दाताको सहयोगबिना संविधानले गरेको व्यवस्थाअनुसार ७५३ वटै स्थानीय तहमा १५ शैयाको अस्पताल पु¥याउन नसकिने बताउनुभयो ।देशका १०९ स्थानीय तहमा मात्रै १५ शैयासम्मको अस्पताल भएका र ६४४ मा अझै नभएको बताउँदै राज्यमन्त्री यादवले मानव स्रोत साधन र भौतिक संरचनाको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बेलायती विकास नियोगको कूल रु ३२ करोडको लागतमा प्रदेश अन्तर्गत रहेको भक्तपुर अस्पतालको भवनको रेक्टोफिटिङ र नयाँ भवन निर्माण शुरु भएको बताउनुभयो ।भक्तपुर अस्पतालमा नयाँ भवन बन्नुका साथै भुकम्पले क्षति र्पुयाएको भवन रेट्रोफिटिङ्ग हुने भएको छ।बेलायती सहयोग नियोग (डिएफआइडी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा भक्तपुर अस्पतालको नयाँ भवन बनाइदिने भएको हो। अस्पतालको नयाँ भवन र रेट्रोफिटिङ गर्ने भवनको गुरुयोजना अनुसार काम अगाडि बढ्ने छ।

डिएफआइडीले तीन वटा नयाँ भवन निर्माण गर्ने र हाल सञ्चालनमा रहेका दुईवटा पुराना भवनको रेक्टोफिटिङ्ग गर्न सहयोग गर्ने बताइएको छ।
नयाँ भवन निर्माण र रेट्रोफिटिङ गर्ने सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ। डिएफआइडीका महानिर्देशक रिचार्ड क्लार्कले डिएफआइडिले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गरीरहेको बताउनुभयो भने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुधा देवकोटा र ब्यबस्थापन समिति अध्यक्ष मिलन सुवालले भक्तपुर अस्पताल धेरै समस्याबाट गुज्रनुपरेको गुनासो गर्दै मन्त्रालय लगायत सबैको सहयोग अस्पतालको बिकासमा अपरीहार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्