नेकपाको एकता कार्यदलले प्रतिवेदन बुझाउँदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता कार्यदलले मंगलबार प्रतिवेदन बुझाउँदै छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले कार्यदललाई अहिलेसम्मको कार्यप्रगति विवरणसहित प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

कार्यदलले प्रतिवेदन बुझाइसकेपछि सचिवालयमार्फत् छलफल गरी स्थायी समिति बैठकमा बुझाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो महिना बसेको पार्टीको स्थायी कमिटी बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो । १० दिनमा प्रतिवेदन बुझाउन भनिए पनि कार्यदलले प्रतिवेदन तयार गर्न सकेको थिएन ।

नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आजको बैठक मार्फत् एकताको ठोस निर्णयमा पहल गर्नुहुनेछ । जेठमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि ६ महिनाभित्र सम्पूर्ण तहको एकता टुंगोमा पुर्याउने भनिएको थियो तर आठ महिना बितिसक्दा पनि एकताले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्