हतियारसहित तीन जना पक्राउ



धादिङ । धादिङको गंगा–जमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट हतियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिष थापामगर र २३ वर्षीय विशाल गुरुङलाई  सोमबार पक्राउ गरेको हो ।

विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्का लागि खानतलासी गर्दा टचाइनिज पेस्तोल र सात राउड गोलीसहित पक्राउ परेका थिए ।

उनिहरुलाई पक्राउ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्