११ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक



भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठीमीले पौष महिनामा सञ्चालन भएको कक्षा ११ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार परीक्षामा सहभागी हुन पाउने १ लाख ४१ हजार ८२५ विद्यार्थीमध्ये १ लाख ३१ हजार ९८८ ले परीक्षामा सहभागी भएका थिए ।
जसमा १६ जानको परीक्षा रद्द भएको र ७ जनाको नतिजा स्थगित भएको बोर्डले जनाएको छ ।

२०७५ सालको कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजामा सि वा सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका विषयमा २०७६ साल बैशाख÷जेष्ठ महिनामा सञ्चालन हुने कक्षा ११ को वार्षिक÷ग्रेडवृद्धि परीक्षामा  सहभागी हुन चाहने विद्यार्थीहरुका लागि २०७५ माघ मसान्तभित्र विलम्ब शुल्क रहित (प्रति विद्यार्थी रु. ६००।) का दरले रकम बुझाई २०७५फागुन ७ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा परीक्षा आवेदन फारम बुझाउन सक्ने गरी समय थप गरिएको  समेत बोर्डले स्पष्ट पारेको छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशन पश्चात् आपूmले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले प्रति विषय रु. ५००।– (पा“च सय) का दरले दस्तुर बुझाई पुनर्योगका लागि ग्रेडसिट संलग्न गरी परीक्षाफल प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन (२०७५ फागुन ७ गते) भित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालय वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा आवेदन दिनुपर्ने बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको परी क्षाफल प्रकाशनका क्रममा कुनै त्रुटि (स्थगित वा अनुपस्थित, विषय फरक पर्ने, नाम थर, रजिष्ट्रेशन नंम्बर फरक पर्ने आदि) देखिएमा सम्बन्धित कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा नतिजा प्रकाशन भएको मितिले मितिले ६ महिनाभित्र (२०७६ साउन २० गतेसम्म) आवश्यक कागजात सहित निवेदन पेश गर्न बोर्डले अनुरोध गरेको छ ।

ग्रेडवृद्धिको नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस

प्रतिक्रिया दिनुहोस्