नेपाल समाचारपत्र
ललितपुर
ध्यान गुरु भिक्षु प्रज्ञाश्रीले विश्वमा शान्ति, मैत्रीयुक्त वातावरणको लागि विपश्यना ध्यान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
युवक बौद्ध मण्डल ललितपुर, धर्मोदय सभा र धर्मकिर्ति विहारले ललितपुरको जावलाखेलमा शनिबार विपश्यना ध्यान सम्बन्धी बृहत प्रवचन कार्यक्रममा प्रवचन दिनुहुँदै ध्यान गुरु भिक्षु प्रज्ञाश्रीले सो कुरा बताउनुभएको हो ।
ध्यान गुरु प्रज्ञाश्रीले जीवनको मानसिक दुःख र दुःखको कारणलाई बुझेर दुःख निवारणको लागि विपश्यना ध्यान अभ्यास गर्नुपर्नेमा पनि जोड दिनुभयो । ‘यो कुनै साम्प्रदायिक कमकाण्डी नभई आफैले आफैलाई बुझ्ने विधि हो ।यसबाट मनको विकारलाई निष्प्रभावि गर्दै शान्ति र सुखको अनुभूत गर्न सकिने छ ।’ उहाँले भन्नुभयो ।
सो अवसरमा युवक बौद्ध मण्डलका अध्यक्ष अरणीतारा बज्राचार्यले मुलुकमा दीगो शान्ति, करुणावान र मैत्रीले भरिएको व्यक्तित्वको निर्माणमा बुद्धको ज्ञान र ध्यानको महत्व रहेको बताउनुभयो ।
बुद्धको उपदेश कुनै धर्म विशेष भन्दा वर्तमान जीवनलाई सुखपूर्वक विताउने जीवन पद्धति रहेको पनि अध्यक्ष बज्राचार्यको धारणा रहेको छ ।
प्रवचन दुई देशबीचको जनस्तरमा रहेको धार्मिक सम्बन्धको प्रतीक रहेको पनि आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा नेपाली मूलका करिब १ सय म्यानमारका नागरिक सहित १ हजार भन्दा बढीको उपस्थिति रहेको थियो ।सो टोली लुम्बिनी, बुटवलमा ध्यान शिविरमा सहभागी हुने कार्यक्रम पनि रहेको छ ।











प्रतिक्रिया