महिला पत्रकारको निधन

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।
महिला पत्रकार सुभद्रा खड्का (अधिकारी)को निधन भएको छ । भद्रपुर नगरपालिका ६ स्थित संगमचोकमा बसोबास गर्दै आइरहेकी नौलो आवाज साप्ताहिक पत्रिकाको सम्पादक खड्काको ३५ बर्षको अल्पायुमा शुक्रबार अपारान्ह् पौने ४ बजे निधन भएको हो । पत्रकार दीपक अधिकारीकी धर्मपत्नी समेत रहेकी खड्का वि.सं.२०७३ सालदेखि पाठेघरमा भएको क्यान्सर रोगबाट पीडित थिइन् ।

खोटाङको साविक बतासै गाविस ६ की आमा गोमादेवी र बुबा देवबहादुर खड्कको कोखबाट वि.सं. २०४० मङ्सिर १५ गते जन्मिएकी खड्काले विंस.२०६२ फागुन २८ गते पत्रकार अधिकारीसंँग विवाह बन्धनमा बाँधिएकी थिइन् । श्रीमान् अधिकारीसँगै पत्रकारिता पेशामा आवद्ध भएकी खड्काले वि.ंस.२०६३ सालदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

भद्रपुरबाट प्रकाशित हुने नौलो आवाज साप्ताहिकमा केही बर्षदेखि सम्पादकको जिम्मेबारी सम्हाल्र्दै आएकी खड्का नेपाल पत्रकार महासङ्घ झापा शाखाको सदस्य र प्रेस क्लव भद्रपुरको कोषाध्यक्ष पदमा रहेकी थिइन् । महिला पत्रकार खड्काले झापाली पत्रकारितामा पुर्याएको भुमिकाको उच्च सम्मान गर्दै भद्रपुर नगरपालिकाले २०७३ माघ १४ गते पत्रकारिता विकास प्रोत्साहन पुरस्कारबाट उनलाई पुरस्कृत गरेको थियो । उनको परिवारमा श्रीमान अधिकारी बाहेक अन्य सदस्य थिएनन् ।

खड्काको पार्थिव शरिरमा शनिबार दिउँसो नेपाल पत्रकार महासङ्घ झापा शाखाले भद्रपुर स्थित मेची नदी घाटमा दाहसंस्कार अघि अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेको थियो ।