भद्रपुरबाट कपडा बरामद

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर ।

वडा प्रहरी कार्यालय भद्रपुरले ठूलो परिमाणमा कपडा बरामद गरेको छ ।
तस्करीको माध्यामबाट अवैध रुपमा भन्सार छली कारोबारीले नेपाल भित्र्याउँदै गरेको लाखौँ मूल्य बरावरको कपडा बरामद गरेको सो कार्यालयले जनाएको छ ।

भारतबाट कारोबारीले टाउकोमा राखेर ल्याउदै गरेको पाँचपोका कपडा शनिबार विहान ३ बजे भद्रपुर ५ स्थित देवीवस्तीबाट बरामद गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठले जनाएका छन् ।

साधा पोसाकका प्रहरीलाइ देख्ने वित्तिकै सामान छाडेर कारोबारी भागेकोले सामान मात्र बरामद गरिएको वडाका इन्सपेक्टर श्रेष्ठले जानकारी दिए ।

बरामद गरिएको पोकामा सुट,लेगिज,कुर्तासुरुवाल,बुर्का लगायत ४ लाख ३६ हजार ६ सय १६ रुपैयाँ वजार मूल्य बरावरको कपडा बरामद गरिएको श्रेष्ठले जानकारी दिए । बरामद सामग्रीलाइ आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाइएको उनले जनाए ।

यो महिनाको शुरुदेखी हालसम्म वडा प्रहरीले १० लाख मूल्यभन्दा बढीको विभन्न सामान बरामद गरी भन्सार बुझाइसकेको छ ।