हेटौंडा,(नेस) ।
शहीद दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुर सभापति एवम् कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कैलाश–४ नम्बर वडाका १ सय ७० चेपाङ परिवारलाई शनिबार न्यानो कपडा (कम्बल) बितरण गर्नुभएको छ ।
जाडोको समयमा चेपाङ परिवार कठ्यांग्र्रिएर बस्न नपरोस् भन्दै नेता बानियाँले धारापानी, गोपेधारी, देउतीस, धुसराङ, कीटराङका चेपाङ परिवारलाई कम्बल बितरण गर्नुभएको हो । नेता बानियाँले प्रदेशसभाबाट प्राप्त सुविधाबाट विभिन्न सामाजिक कार्यमा खर्च गर्ने क्रममा कैलाश गाउँपालिकाको उक्त वडाका गरिब तथा विपन्न चेपाङ परिवारलाई न्यानो कपडा बितरण गर्नुभएको हो ।
न्यानो कपडा बितरण कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस हेटौंडा उपमहानगर समिति सभापति आनन्दराम पराजुली, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन बिडारी, कांग्रेस कैलाश गाउँपालिका नेता वीरचन्द्र प्रजा, कैलाश गाउँपालिका–४ का सदस्य गंगालाल प्रजा र शिक्षक मनोज प्रजालगायतको उपस्थिति थियो ।











प्रतिक्रिया