नेपाली सेनाको सैनिक नागरिक सम्बन्ध प्रशंसनीयः रक्षामन्त्री पोखरेल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रिय सुरक्षसँग सम्बन्धित समसामयिक विषयहरुमा केन्द्रत भई टोखास्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा ‘सिभिल मिलेट्री रिलेसनः इन प्रिजेन्ज सोसीयो–पोलिटिकल इन्भाइरोमेन्ट अफ नेपाल’ विषयमा बिहिबार भएको सेमिनारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ ।

सोहि समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्बोधन गर्दै नेपाली सेनाले अनवरत रुपमा द्वन्द तथा शान्तिको समयमा आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यस प्रकारको सेमिनारले सैनिक नागरिक बीच आपसी सम्झदारीको विकास गर्नुको साथै सम्बन्धलाई अझ मजबुत बनाउँने साध्य र साधनको थप पहिचान समेत गर्नेछ ।’ यस्तै रक्षमन्त्री पोखरेलले वैधानिक राजनीतिक नेतृत्वको निर्णय र निर्देशनलाई स्वीकार गर्दै आएको र इतिहास देखि नै गौरवपूर्ण चरित्र रहेको नेपाली सेनाको सैनिक नागरिक सम्बन्ध प्रशंसनीय रहेकोमा यस प्रकारको सेमिनार ज्यादै उपलब्धीपूर्ण रहेको बताउनुभयो ।

उक्त सेमिनारमा रक्षा, गृह, अर्थ मन्त्रालयका प्रतिनिधिहरु, वहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, उक्त कलेजका शिक्षक लगायत स्वदेशी तथा विदेशी अधिकृत शिक्षार्थीहरु, सैनिक नागरिक सम्बन्धका विज्ञहरु र विभिन्न सञ्चारमाध्यमहरुमा आवद्ध सञ्चारकर्मी मित्रहरुको समेत उपस्थिति रहेको थियो ।

Skip This