सातौं वालिङ महोत्सव शुरु, ‘निजी क्षेत्रलाई विश्वासमा लिनसके विकास’



अमृत अर्याल, स्याङ्जा ।

सातौं वालिङ महोत्सव बिहीबारबाट शुरु भएको छ । महोत्सव वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेका हुन् । महोत्सव १२ दिनसम्म संचालन हुनेछ ।

व्यवसायिक चेतना अभिवृद्धि, उत्पादक र उपभोक्ताहरुबीचको सम्बन्ध बिस्तार, हस्तकला व्यवसायको खोजी तथा प्रर्बद्धन गर्ने, कृषिउजको प्रर्बद्धन गर्ने, बजार अनुसन्धान एवं नया“ वस्तु विकास गर्न अवसरको सृजना गर्ने, आन्तरिक एवं बाह्य पर्यटन प्रर्बद्धन गर्ने, लोक संस्कृतिको जर्गेना गर्ने, सूचना प्रविधिको ज्ञान दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको आर्कषणको रुपमा रहेको आ“धीखोलामा निर्मित कृत्रिम ताल रहेको छ । ३५ जनाको क्षमता भएको स्टिम्मर र पुरानो हाते डुङ्गाले दर्शकले जलविहारको मज्जा लिन सक्नेछन् । “प्रत्येक २÷२ वर्षमा गरिने महोत्सवको परापुर्व कालमा अयोध्याका राजा दशरथका भान्जा श्रवणकुमारका अन्धाअन्धी बुवाआमाको आ“सुबाट बगेको आ“धीखोलामा निर्मित तालमा जलविहारले त्यसको महत्व बढाउने आयोजकले दाबी गरे ।

“त्यस्तै यसपटकको महोत्सवमा कृत्रिम चिडियाघरमा विभिन्न जनावरहरुको अवलोकन गर्न सकिनेछ ।” संघका अध्यक्ष एवं आयोजक मूल समिति संयोजक शोभाकान्त पौडेलले भन्नुभयो, “लोपोन्मुख अवस्थामा रहेको कु“डुले घुमाउने घर निर्माण गरिएको छ” ।

“हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नारामा आयोजित महोत्सवमा १५ करोड भन्दा बढीको व्यापारिक कारोबार गर्दै ५ लाख बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको संघका अध्यक्ष पौडेलले बताउनुभयो । महोत्सवमा कृषि तथा पशुपंक्षी, सुचना तथा प्रविधि, होटल, फेन्सी तथा कष्टमेटिक, हस्तकला, जुत्ताचप्पल लगायतका ४ सय स्टलहरु रहेका छन् ।

महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, अगुवा कृषक तथा सरोकारवालाबीच अन्र्तक्रिया, अर्गानिक कफी तथा अदुवा, विद्यालय स्तरीय नृत्य प्रतियोगिता (स्याङ्जा डान्स आईडल सिजन २) शैक्षिक सामाग्रीको प्रर्दशनी, बाल उद्यान, हेलिकप्टर यात्रा तथा साहसिक प्याराग्लाईडिङ, जिल्ला स्तरीय भलिबल प्रतियोगिता महोत्सवको आर्कषणका रुपमा रहेका छन् ।

महोत्सव सम्पन्न गर्न १ करोड ५० लाख ५१ हजार १ सय ११ रुपैया“ खर्च हुने संघले जनाएको छ । ६० लाख बचत गर्ने लक्ष्य रहेको महोत्सवमा प्रति टिकटको ५ रुपैया“ व्यवसायिक हितकोषमा जम्मा गर्ने, प्रति टिकटको १ रुपैया“ खेलमैदानको व्यवस्थापन गर्ने र बचत रकमबाट निर्माणधीन बहुउद्देश्यीय सामुदायिक भवनको विकास र नया“ सचिवालय भवन निर्माण गरिने संघले जनाएको छ ।
महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भएको छ । नेकपा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्रलाई विश्वासमा लिनसके मात्रै विकासले गति लिने बताउनुभयो । देशभित्रका व्यवसायीलाई लगानी सुरक्षित छ भन्ने विश्वास नदिलाएसम्म विकासले गति लिन नसकेको उहांको भनाई थियो ।

“स्वदेशका व्यवसायीलाई विश्वास लिन नसक्दासम्म बिदेशी लगानीकर्तालाई विश्वासमा लिन सकिदैन् ।” सातौं वालिङ महोत्सवको उद्घाटन गर्दै दाहालले भन्नुभयो, “सरकार निजी क्षेत्रलाई विश्वासिलो वातावरण बनाउनेतर्फ उन्मुख छ ।” विकासमा लाग्न आव्हान गर्दै दाहालले सम्बृद्धीको अभियानलाई साकार पार्न बस्तिबस्तिबाट लाग्न जरुरी रहेको बताउनुभयो ।

“दलगत राजनैतिक बिचार फरक होलान् तर विकासमा एकता आवश्यक छ ।” अध्यक्ष दाहालले भन्नुभयो, “विकासमा राष्ट्रिय एकता कायम भएमात्रै हाम्रो अभियानले सार्थकता पाउने छ ।” सबै क्षेत्रमा परिवर्तन आएकाले विकासमा आलटाल गर्ने समय नभएको उहांको भनाई थियो ।

राजनैतिक मुद्दाहरुलाई विभिन्न चरणमा व्यवस्थित गरेर अगाडी बढेको दाहालको भनाई छ । “हामी विश्वले विश्वास गर्न नसकेको शान्ति प्रक्रियालाई पुरा गर्ने अन्तिम चरणमा छौं ।” पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भन्नुभयो, “विश्वलाई चकित पारेको राजनीति कोर्श जस्तै विकासमा पनि विश्वलाई चकित पार्नुछ ।”

महोत्सवमा बोल्दै सहकारी तथा भूमिसुधार मन्त्री पदमा अर्यालले विकास गफगाफमा मात्र सिमित हुन नदिन सरकारले आन्तरिक तयारीलाई जोडदार रुपमा अगाडी बढाएको बताउनुभयो । उहांले निजी क्षेत्र सहित दातृ निकायस“ग हातेमालो गरेर विकासमा सबैलाई सहभागि बनाएर अगाडी बढ्ने कुरामा जोड दिनुभयो ।

वालिङ महोत्सवको उद्घाटनमा बोल्दै नेपाली का“ग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सरकार भ्रष्टाचारमा चुर्लुम्ब डुबेकाले ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सिमित हुने बताउनुभयो । विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुको सट्टा सरकार पेलेर जान लागेको उहांको भनाई थियो ।

विगतमा जस्तो राजनीतिक मुद्दा नरहेकाले कसैलाई पनि विकासका गतिविधिबाट उम्कने मौका नरहेको शर्माले बताउनुभयो । उहांले अब सम्बृद्ध नेपाल निर्माणमा कसैलाई पनि रोकिने अधिकार नरहेको बताउनुभयो । नेपालको विकास दिनमा ८ घण्टा मात्र गरेर नपुग्ने बताउ“दै शर्माले रातदिन गरेर विकासमा समर्पित हुन सरकारलाई आग्रह गर्नुभयो ।

महोत्सवमा सम्बोधन गर्नुपूर्व प्रबक्ता शर्माले स्याङ्जा सदरमुकाम र वालिङमा का“ग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै वाईड वडी खरिद प्रकरण, बुढिगण्डकी निर्माण गर्न चिनलाई दिनु, सुन काण्डलाई बेवारिसे बनाउनु, निर्मला पन्त हत्यारा उम्कनु, शिक्षा विधयेक पूर्व सहमति अनुसार नआउनु, बजारमा महंगीले आकाश छुनु जस्ता घटनाहरु सरकारको उपलब्धी भएको व्यांग्यात्मक टिप्पणी गर्नुभयो । वाईड वडी खरिदमा का“ग्रेसका कुनै नेताको संलग्नता नरहेको शर्माले दाबी गर्नुभयो ।
उद्घाटन समारोहमा महासंघकका पुर्व अध्यक्ष चण्डीराज ढकाल, संघका अध्यक्ष शोभाकान्त पौडेल, बरिष्ठ उपाध्यक्ष अर्जुन खनाल, महासचिव केशरबहादुर खाँण(ध्रुव) र सचिव पदमराज गुरुङ लगायतका बक्ताहरुले महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्