बुढापाकाहरु सबैभन्दा बढी फेक न्युज सेयर गर्छन: सर्वेक्षण



न्युयोर्क (एजेन्सी)
पाका उमेरका अर्थात वयस्कहरुको फेसबुक र अन्य सामाजिक सन्जालमा युवाका तुलनामा ‘झुठा समाचार‘ साझा गर्ने धेरै सम्भावना रहेको एक अमेरिकी अध्ययनले देखाएको छ ।

यो अध्ययन जर्न साइन्स एडवान्सेजमा प्रकासित गरिएको छ । अध्ययन प्रतिवेदनमा ९ प्रतिशत भन्दा कम अमेरिकीले सन् २०१६ को राष्ट्रपति चुनावमा भएका प्रचार अभियानका क्रममा फेसबुकमा गलत समाचारको लिंक साझा गरेको उल्लेख गरेको छ ।

यद्यपी न्युयोर्क युनिभर्सिटी र प्रिन्सटन युनिभर्सिटीका शोधकर्ताहरुले यो प्रबृत्ती ६५ बर्ष भन्दा धेरै उमेरका बृद्धहरुमा ब्याप्त रहेको बताए । न्युयोर्क युनिभर्सिटीका प्रोफेसर जोसुआ टकरले भने– फर्जी खबरको घटनामा ब्यापक चासोका बावजुद, कसले यसता खबर साझा गर्छ भन्ने बारेमा हामीलाई अत्यन्त कम जानकारी छ ।

सम्भवत सबैभन्दा महत्वपुर्ण कुरा जुन हामीले देख्यौं, त्यो सन् २०१६ को राष्ट्रपति चुनावका लागि भएका प्रचारका क्रममा फेसबुकमा यस प्रकारका सामग्रीलाई गर्नु अपेक्षाकृत दुर्लभ गतिविधि थियो– टकरले बताए ।
सर्वेक्षण कम्पनी युजीओवीद्वारा गराइएको उक्त सर्वेक्षणमा ८ दशमलव ५ प्रतिशत युजरले मात्र फेसबुकको माध्यमबाट गलत समाचार साइटहरुको लिंक साझा गरेको देखियो । यसमा १८ देखि २९ बर्षको उमेर समुहका ३ प्रतिशतले मात्र झुठा समाचार साइटको लिंकलाई साझा गरेको पाइयो । तर ६५ बर्ष भन्दा बढी उमेर समुहमा यो आंकडा ११ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्