तुलसी गब्बार्ड द्यार राष्टपति पदको उम्मेदवार बन्ने



वासिंगटन (एजेन्सी)
अमेरिकाको पहिलो हिन्दु सांसद तुलसी गब्बार्ड सन् २०२० मा हुन गइरहेको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने भएकी छिन् ।
यसको आधिकारिक घोषणा अर्को हप्त गर्न सक्ने जनाइएको छ ।

तुलसी सन् २०१३ देखि अमेरिकाका हवाई राज्यबाट प्रतिनिधि सभामा डेमोक्र्याट सांसद हुन् । यदि तुलसी ट््रम्प विरुद्धको डेमोक्र्याटिक उम्मेदवारमा चयन हुन्छ र चुनाव जित्छ भने उनी अमेरिकाको सबैभन्दा युवा र पहिलो महिला राष्टपति हुनेछिन् । उनी पहिलो गैर इसाई तथा पहिलो हिन्दु राष्टपति पनि हुनेछ ।

गबार्डले एक न्युज च्यानललाई दिएको अन्तरवार्तामा भनिन्, मैले राष्टपति चुनावमा आफनो उम्मेदवारी पेश गर्ने निर्णय गरेको छु । यसको घोषणा अर्को सम्ममा गर्न सकिनेछ ।

अमेरिकी जनताको अगाडी धेरै चुनौतीहरु भएको र र आफुलाई त्यस विषयमा चिन्ता रहेको उनले बताइन् । आफु ती समस्या तथा मुद्दा समाधान गर्न मद्दत गर्न चाहेको र यसमा सबैभन्दा ठुलो मुद्दा युद्द र शान्तिको भएको उनले बताइन् ।

३७ बर्षकी तुलसी हवाई राज्यबाट ४ बर्षदेखि डेमोक्र्याट सांसद रहेकी छिन् । उनले हरेक पटक किर्तिमान भोटले चुनाव जितेकी छिन् । राजनितिमा आउनु अगाडी उनी अमेरिकी सेनाका तर्फबाट १२ महिनाका लगि इराकमा तैनाथ रहेकी थिइन् ।

गबार्डको जन्म अमेरिकाको समोआमा एक क्याथोलिक परिवारमा भएको थियो । उनकी आका ककेसियन हिन्दु हुन् । यसै क्रममा तुलसी गबार्ड पनि सुरु देखिनै हिन्दु धर्मका अनुयायी रहिन् । सांसद बनेपछि तुलसी पहिलो सांसद थिइन जसले भगवत गीताको नाममा सपलथ लिएकी थिइन ।

पार्टी उम्मेदवारमा चयन हुन उनको प्रतिस्पर्धा डेमोक्र्याटिक पार्टीका कम्तीमा १२ सांसदसँग हुने अनुमान गरिएको छ । उनी अगाडी डेमोक्र्याटी सीनेटर एलिजाबेथ वारेनले पनि दावेदारी पेश गरिसकेकी छिन् । भारतिय मुलकी कमला ह्यारिस पनि दावेदार बन्ने दौडमा छिन् । पार्टीमा उनको पकड तुलसीको भन्दा राम्रो मानिन्छ । कमलाई इसाइ हुन् र उनकीआमा तमिल थिइन् ।

प्रतिक्रिया दिनुहोस्