बेकरी पसलमा विस्फोट, कयौं घाइते



पेरिस (एजेन्सी)
फ्रान्सको राजधानी पेरिसको एक बेकरी पसलमा सक्तिशाली विस्फोटमा कयौं घाइते भएको प्रहरीले जानकारी दिएको छ । मध्य पेरिस स्थित उक्त बेकरी पसल विस्फोटका कारण क्षतिग्रस्त भएको प्रहरीले बताए । विस्फोटले वरपर भवनहरुको झ्यालका शिशा फुेटका थिए ।

राजधानी हल्लाउने गरि भएको उक्त शक्तिशाली विस्फोटका कारण ग्यास चुहावत हुन सक्ने अधिकारीहरुले बताएका छन् । प्रहरी र अग्नीसमनकर्मीहरु तत्काल आगलागी नियन्त्रणमा खतिएको प्रहरी प्रवक्ताले जानकारी दिए ।
प्रहरीले कयौं घाईते भएको जानकारी दिएपनि घटनामा अहिलेसम्म कसैको मृत्यु नभएको बताएको छ । फ्रान्समा जारी येलो भस्ट आन्दोलनका क्रममा आइतबार हुने विरोध प्रदर्शनका क्रममा सुरक्षा ब्यवस्था कडा पारिएको अवस्थामा उक्त विस्फोट भएको हो ।

सप्ताहन्त भएकोले पेरिसका सडकमा घुम्न आउनेहरुको भिड रहन्छ । सुरुमा उक्त विस्फोटका कारण कट्टरपन्थी हमला हुन सक्ने आसंका गरिएको थियो । तर अहिले सम्म त्यसलाई पुष्टि गर्ने आधारहरु फेला नपरेको प्रहरी अधिकारीहरुले बताए ।

विगत केही बर्षमा फ्रान्सका कयौं सहर कट्टरपन्थी हमलाको सिकार बनेका छन् । पेरिस र नीस सहरमा भएको विस्फोटमा कयौंको ज्यान गएको थियो । पेरिसको अखबार चार्ली हेब्डोको कार्यालयमा भएको हमलाको निन्दा विश्वस्तरमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्