काभ्रे (नेस)
अर्जुन–राधा फाउण्डेशनले नेपाल समाचारपत्र काभ्रेका संवाददाता मोतिराम तिमल्सिनालाई सम्मान गरेको छ ।
आफ्ना माता पिताको नाममा फाउण्डेशन खोली हरेक वर्ष पत्रकार सम्मान गर्दै आउनु भएका सुमन नेपालले स्थानीय विद्यालय संग सहकार्य गरि छात्रवृद्धिपनि प्रदान गर्नुभएको छ ।
चण्डेनी मण्डन १० स्थित विन्धवासिनी माविमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचारपत्रकर्मी तिमल्सिनालाई नगद ५ हजार सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो । पत्रकारीताको माध्यमबाट समाजमा उल्लेख्य योगदान पु¥याएको भन्दै फाउण्डेशनले तिमल्सिनालाई सम्मान गरेको हो । गत वर्ष नेपाल समाचारपत्रका पुर्व सम्पादक बद्री तिवारीलाई सम्मान गरिएको थियो ।
फाउण्डेशनले पत्रकार सम्मान र छात्रवृत्तिको लागि एकलाख रुपैयाको अक्षयकोष समेत स्थापना गरेको छ । यो वर्ष जनहि वार्षिक १० हजार रुपैया उपलब्ध गराउने गरि ५ जना विद्यार्थिलाई छात्रवृति उपलब्ध गराइएको छ । विद्यालय र फाउण्डेशनको सयुक्त खातामा रहेको अक्षयकोष मार्फत अध्यक्ष सुमन नेपालले यस्तो सामाजिक कार्य गर्दै आउनु भएको छ ।
कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम नेपाल प्रध्यानाध्यापक अच्युत प्रसाद नेपाल तथा वडा अध्यक्ष विष्णुमणी नेपाल लगाएतले यस्तो सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।











प्रतिक्रिया