आम्सटर्डम्स,(एजेन्सी)
डच सरकारले एकजना बिरामीलाई इच्छामृत्यु अर्थात युथ्नजिया प्रदान गरेको कारण कारवाही अघि बढाएको छ । सोह« वर्षअघि युथ्नजियालाई वैध गरिए यता पहिलो पटक यस्तो घटना सार्वजनिक भएको हो ।
क्षेत्रिय युथ्नजिया पनरावलोकन बोर्डले ७४ वर्षिय अल्झिमरका बिरामीलाई इच्छा मृत्यु प्रदान गर्न ति महिलाले सिमा नाघेर कदम चालेको थाहापाए पछि कारवाही प्रक्रिया शुरु गरेको हो । सरकारी वकिलहरुले बिरामीको मर्ने इच्छा अस्पष्ट रमत बाँझिएको देखिएको आरोप लगाएका छन् ।
अनुसन्धानकर्ताहरुले नियमित रुपमा मृत्युको इच्छा प्रकट गर्ने ति बिरामी महिलाले कहिलेकाहिं मर्न मनन लाग्ने पनि बताउने गरेकीले उनको मृत्युइच्छा अस्पष्ट रहेको दावी गरेका छन् ।
ति डाक्टरका प्रवक्ताले डच टेलिभिजन च्यानल एनओएसलाई सन् २०१६ को अप्रिलको घटनालार्इ लिएर अहिले मुद्धा चलाइन लागेकोमा उनी दुखी रहेकी बताएका छन् ।
यस मुद्धाले स्मरण शक्ति गुमेका बिरामीहरुलाई इच्छा मृत्यु दिइनु हुन्छ वा हुन्न भन्ने कानुनी आधारहरु माथि पनि सम्बोधन हुने अनुमान गरिएको छ । यसैबिच डच स्वास्थ मन्त्री ह्युगो डि जोन्जले यसै मुद्धाको कराणले युथ्नजिया सम्बन्धी कानुन परिवर्तन नहुने आफुलाई लागेको एनओएसलाई बताएका छन् ।
सन् २००२ मा नेडरल्यान्डमा युथ्नजियाले कानुनी मान्यता पाएको केहि महिनापछि नै छिमेकी मुलुक बेल्जियममा पनि यसलाई वैधानिक बनाइएको थियो । युथ्नेजियालाई कानुनी मान्यता दिने यिनीहरुका विशवका पहिला राष्ट्र हुन् । गत वर्ष मात्र नेडरल्यान्डमा झण्डै सात हजार मानिसले युथ्नजिया रोजेका थिए ।











प्रतिक्रिया