पति छाडेकी यी अभिनेत्रीले दोस्रो बिहे गर्दै


मुम्बई । बलिउड अभिनेता अरबाज खानसँग अलग भएकी अभिनेत्री मलाइका अरोरा खानले विवाह गर्ने भएकी छिन् ।

मलाइकाले आफ्ना प्रेमी अर्जुन कपूरसँग विवाहको तयारी गरेकी हुन् । मलाइका आजकाल अर्जुन कपूरसँग खुलेयाम डेटिङमा मस्त छिन् ।

अर्जुन र मलाइकाको प्रेम चर्चा सुरु भएसँगै अब बिहेको पनि चर्चा हुन थालेको छ । यो लभ जोडीले सन् २०१९ को अप्रिलमा बिहे गर्न लागेको जनाइएको छ ।

यो जोडीले भने अहिले नै यो विषयमा केही पनि भनेको छैन । उनीहरू बिहेको तयारीमा लागेको उनीहरूको पछिल्लो गतिविधीले पनि देखाउँछ ।

कुनै समय प्रेमको विषयमा नै खुलेर नबोलेको यो जोडी अहिले भने खुलेरै प्रेम व्यक्त गर्न थालेका छन् । मलाइका अरोरासँग प्रेम रहेको समाचार आएपछि अर्जुनसँग नायक सलमान खान आक्रोशित बनेका छन् । एजेन्सी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।