स्वचालित पेस्तोल सहित एकजना पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका १ बस्ने २५ वर्षका मनोज पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।सादा पोशाकमा खटिएको प्रहरी पर्टेर्वासुगौली गाउँपालिका ४, फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट स्वचालित पेस्तोल बरामद गरेको जनाएको छ।

सुगौलीगाँउदेखि निचुटा तर्फ पैदल हिडिरहेका उनीमाथि शंका लागेपछि शरीर खानतलासी गर्दा मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने एउटा खाली म्यागजिन फेला परेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।हतियारसहित पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।