दाहालको दशैं गीत



रुकुम, (नेस)। पत्रकार धनवीर दाहालको शब्दमा मार्मिक दशैं तिहार गीत सार्वजनिक गरिएको छ। गीतमा विदेशिएका नेपालीको पीडा र घरमा परिवारले पाएको दुःख समेटिएको छ।

चाडपर्वको बेला विशेष गरी परिवार जमघट भएर सुखदुःख साट्ने प्रचलन छ। यस्तो अवस्थामा पनि सँगै नहुँदा परिवार र विदेशमा रहेकालाई कस्तो अनुभव हुन्छ भन्ने भावनामा गीत लेखिएको दाहालले बताए।

भावना म्युजिक सोलुसनको प्रस्तुतिमा सीता धितालको प्रस्तुति रहेको दशैं तिहार गीतमा लोकगायक अमितबाबु रोका र गायिका सन्ध्या बुढा (काउली बुढी) ले स्वर दिएका छन्। रेमो याज रैन घर्तीमगरको लयमा रहेको गीतको म्युजिक भिडियोमा दिलिप उपाध्याय, भुवन चौधरी, जुना गुरुङ, दीपिका बानियाँलगायतले अभिनय गरेका छन्। गीतको भिडियो म्युजिक नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियोको निर्देशन कपिल लामाले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्