मुम्बईमा डेराको ढाेका कसैले ढक-ढक पार्दा सधै डरले मुटु काप्थ्योः गौरब पहारी



सुन साईली गीतबाट जीवन मोडिएका नायक गौरव पहारी सानैबाट कलाकारिता क्षेत्रमा रुची राख्ने व्यक्ति हुन् । उनले मञ्जरी चलचित्रबाट डेब्यू गरेका एक सफल मेहनती कलाकार हुन् । उनी नेपालको एसएलसी पश्चात आफ्नो पढाईका लागि भारत पुगेका थिए । अहिले उनी चलचित्र साईली को सुटिङमा निकै व्यस्त छन् । यसै शिलशीलामा कलाकारिता यात्राका उनको जीवन भोगाईको बारेमा नेपाल समाचारपत्रका लागि प्रदिप विवश भण्डारीले गरेको कुराकानीको सारसंक्षेपः

तपार्इ जन्म स्थान कहाँ हाे र बाल्यकाल कसरी बित्याे ?
मेरो जन्म काठमाडौँमा २०३९ फाल्गुण २८ गते भएको हो । तर म सानोमा विद्यालय नजानु भन्दा पहिले सम्म मेरो मामाको घर नेपालगञ्जमा बसे । फेरी पछि स्कूल पढ्न चाहिँ काठमाडौँमा आएर पढे । मेरो बाल्यकाल होस्टेलमा नै बित्यो । म बढी खेलकुदमा रुची राख्थे, म सानोमा त्यहि चन्चले भने थिएन । म पढ्दा होस्टेल बसेका कारण मेरो बाल्यकालको समय धेरै होस्टेलमा नै बित्यो ।

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
आजभोलि म विशेषतः साईली फिल्मको सुटिङमा नै व्यस्त छु । यसैका लागि कहिले कहाँ कहिले कहाँ दौड धुप नै छ । अन्य सामान्य कामकाजहरु त भई नै रहन्छन् ।

कसरी यो फिल्म क्षेत्रमा प्रवेश गर्नुभयो ?
मेरो सानैबाट कलाकारिता क्षेत्रमा रुची भएको हुनाले मैले १२ पढिसकेपछि भारत मुम्बईमा गएर अभिनय सिक्ने क्रममा मेरो बसाई उतै थियो । म उतै हुँदा मलाई नेपालबाट फोन आयो ‘मञ्जरी’ फिल्मका निर्देशक गणेश देव पाण्डेले मलाई फोन गरिसकेपछि म नेपाल आए र मैले त्यहि मञ्जरी चलचित्रबाट नै आफ्नो कलाकारिता क्षेत्रलाई अगाडि बढाउने मौका पाए ।

मुम्बईको बसाईलाई कसरी सम्झनुहुन्छ ?
मेरो मुम्बईको बसाई सम्झदा के थिए पहिले के भए अहिले भन्ने सोच आउँछ । म त्यहाँ बस्दा डेरा लिएको कोठाको भाडा तिर्न म संग कहिले पैसा हुँदैन थियो । सधै साथीलाई मात्र पनि कति भन्नु भन्ने लाग्थ्यो । त्यतिबेला डेराको ढोका कसैले ढक ढक पार्दा पनि घरबेटी आए भनेर मुटु काप्ने गर्दथ्यो । मुम्बईको बसाईले मलाई धेरै कुरा सिकाको छ जुन अहिले बुझ्दा निकै रमाईलो पनि लाग्दछ ।

यस क्षेत्रमा आउन चाहाने साथिहरुलाई के सल्लाह दिनुहुन्छ ?
यस क्षेत्रमा आउन जति सजिलो छ यहाँ रहेर टिकेर काम गर्न अत्यन्तै गारो छ । तपाईलाई रुची मात्र भएर पनि हुँदैन आफूमा कला पनि हुनुपर्छ । आजभोलि यति धेरै संघर्ष गर्नुपर्छ भन्ने तपाईले पनि बुझेकै कुरा हो । यदि यस क्षेत्रमा आउन चाहानुहुन्छ भने पहिले यस क्षेत्रको बारेमा राम्रोसंग अध्ययन गर्नुहोस बुझ्नुहोस अनि मात्र प्रवेश गर्नुहोस भन्न चाहान्छु ।

अन्तिममा के भन्न चाहानुहुन्छ ?
मलाई आजसम्म यति धेरैले माया गर्नुभएको छ त्यसको लागि सम्पूर्ण आमाबुबा, दाजुभाई, दिदीबहिनीलाई धन्यवाद भन्छु । अब आजभोलि म ‘साईली’ फिल्मको सुटिङमा व्यस्त छु । यो फिल्मलाई माया गरिदिहोला । आजसम्म म कलाकार मात्र भएर काम गरेको थियो तर यस फिल्ममा निर्माता पनि भएर काम गर्दैछु आशा छ हजुरहरुको मायाले म अवस्य सफल हुनेछुु ।

प्रतिक्रिया दिनुहोस्