निर्मला हत्याकाण्ड दुई महिनाको ‘घटनाक्रम’



नेपाल समाचारपत्र, महेन्द्रनगर
निर्मला हत्यकाण्ड दुई महिना पुगी सक्दा पनि वास्तविक दोषी पत्ता लगाउन नसक्दा पीडित परिवारले न्याय पाउन सकेका छैनन् । दुई महिना अवधिभर घटेका मुख्य मुख्य घटनाहरु
साउन १०
–बिहान ११ बजे गृहकार्य गर्छु भनी साथी रोशनी बमको घर गई हराएको
–निर्मलाकी आमा दुर्गादेवी पन्तद्वारा प्रहरीमा छोरी हराएको जानकारी
–प्रहरीले अबेर राती भयो आज आउन नमिल्ने भन्दै भोलि खोजौंला भन्दै टारेको

साउन ११
–निर्मलाको शव भीमदत्त नगरपालिका घर नजिकैको उखुबारीमा भेटिएको –स्थानीयद्वारा नगरप्रमुखले गैरजिम्मेवारीपन देखाएको भन्दै भीनपा कार्यालय र बजार वरिपरि प्रदर्शन र नाराबाजी

साउन १२
–हत्याको विरोधमा महेन्द्रनगरमा प्रदर्शन उग्र तथा लगातार वास्तविक हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै प्रदर्शन
–प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारी घाइते ं

साउन १४
–निर्मला पन्तको अन्त्येष्टि गर्न दबाब
–तत्कालीन प्रहरी प्रमुख विष्टले परिवारलाई शव नउठाए कफ्र्यु लगाउने चेतावनी
–सीमित मान्छे गएर निर्मला पन्तको महाकाली आर्यघाटमा अन्त्येष्टि
–अन्त्येष्टिपछि मृतक पन्तका घरपरिवारसँग स्थानीय आक्रोशित

साउन १५ देखि भदौ २ सम्म
–कञ्चनपुमा सामान्य आन्दोलन भइरहँदा प्रहरीले केही व्यक्तिलाई थुनामा लिई अपराध स्वीकार्न यातना
–यो बीचमा सीआईबी र तत्कालीन जिल्ला प्रहरी प्रमुखले निलम्बित एसपी विष्टले वास्तविक अपराधीको खोजी नगरी कृतिम अपराधी सिर्जना गर्न हदैसम्मको प्रयास गरेको ।

भदौ ४ गते
–पत्रकार सम्मेलन गरी मानसिक सन्तुलन नभएका ४१ वर्षीय दिलीप सिंह विष्टलाई घटनाको मुख्य अभियुक्त भनी सार्वजनिक

भदौ ५ गते
–प्रहरीले कृतिम अभियुक्त सार्वजनिक गरेर घटना ढाकछोपका प्रयास गर्न लागेको छनक स्थानीयले पाएपछि आन्दोलन उग्र
–न्याय माग्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना

भदौ ६
–नेपाल प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई दर्जन घाइते
–प्रहरीद्वारा सयौं सेल अश्रुग्यास प्रहार

भदौ ७
–आन्दोलनका क्रममा २ प्रहरी र ६ आन्दोलनकारी घाइते । प्रहरीद्वारा आन्दोलनकारीमाथि गोली र अश्रुग्यासको वर्षा
–कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन
–सिडियो कुमार खड्का र एसपी डिल्लीराज विष्टलाई विभागमा फिर्ता बोलाई उनीहरुको स्थानमा क्रमशः तीर्थ अधिकारी र कुवेर कडायत खटाइए
–आन्दोलनका क्रममा घाइते भएका सम्पूर्णको खर्च सरकारले बेहोर्ने घोषणा

भदौ ८
–गृह मन्त्रालयले बनाएको छानविन टोली महेन्द्रनगर पुगी काम शुरु
–प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी कञ्चनपुरमा हाजिर
–आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागि सन्नी खुनाको मृत्यु
–महेन्द्रनगर आसपासका क्षेत्रमा कफ्र्यु लगाउन शुरु
–घाइते आन्दोलनकारीलाई भेट्न गृहमन्त्री रामबहादुर थापा त्रिवि शिक्षण अस्पतालमा

भदौ ९
–सोधपुछका लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता प्रहरीले नियन्त्रणमा
–सन्नी खुनाको अन्त्येष्टि
–निर्मला पन्त र सन्नी खुनाको परिवारलाई राहतस्वरुप १०÷१० लाख दिने सरकारको घोषणा
–प्रहरीले चलाएको गोली लागेर घाइते भएका सुरेशप्रकाश चटौत र उमेश देउवालाई कोहलपुर रेफर
–न्यायका लागि काठमाडौंमा प्रदर्शन
–एसपी डिल्लीराज विष्ट निलम्वित
–डीएसपी ज्ञानबहादुर सेटी र प्रहरी उपरीक्षक एकेन्द्र खड्का प्रहरी मुख्यालयमा फिर्ता
भदौ १०
–बिहान १० बजेदेखि महेन्द्रनगरमा कफ्र्यु जारी

भदौ ११
–बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म फेरि कफ्र्यु जारी
–सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्रीको अपराधी पत्ता लगाउने प्रतिबद्धता
–‘निर्मलाका निम्ति न्याय’ का लागि माइतीघरमा लाइभ कार्टुन र पेन्टिङ प्रदर्शनी

भदौ १२
–डीएसपी कृष्णराज ओझाको नेतृत्व छानविन समिति गठन
–महेन्द्रनगरमा पुनः राति ८ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी
–दिलीपसिंह विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं लगियो

भदौ १३
–प्रहरीले चलाएको गोली लागी घाइतेहरुको उपचारमा ध्यान दिन सरकारसँग नेपाली कांग्रेस कञ्चनपुरको आग्रह

भदौ १५
–निर्मलाका सहपाठीद्वारा वास्तविक हत्याराको पहिचानको माग गर्दै प्रधानमन्त्रीलाई खुलापत्र
–खानेपानी मन्त्री बिना मगरद्वारा निर्मला र आन्दोलनका सहिद सन्नीका घरपरिवारसँग भेट

भदौ २१
–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मलाको घरमा
–अनुसन्धानमा व्यापक त्रुटि भएको मानव अधिकार आयोगको निष्कर्ष
–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा झुटा कुरा बोलेको भन्दै सर्वत्र विरोध

भदौ २२
–महानिरीक्षक खनालद्वारा घटनाको अनुसन्धान प्रक्रियामा प्रहरीको कमजोरी भएको स्वीकार

भदौ २४
–दिलीपसिंह विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप

भदौ २५
–हरिप्रसाल मैनाली नेतृत्वको उच्चस्तरिय छानविन टोलीका सदस्य वीरेन्द्रबहादुर केसीले सुरक्षा थ्रेट देखाउँदै समितिबाट राजीनामा

भदौ २६
–दिलीप सिंह बिष्ट निर्दोष ठहरिएर छुटे
–बम दिदी जमानतमा र बहिनी पनि साधारण तारिखमा छुटे

भदौ २७
–निर्मलाका आमाबुबा न्यायका लागि काठमाडौंमा
–उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएका केसी समितिमै फिर्ता
–झुटो अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई कारबाहीको तयारी
–न्यायको माग गर्दै महेन्द्रनगरमा आमा समूह फेरि आन्दोलित, कालो साडी लगाएर कालो तीज

भदौ २८
–निर्मलाका आमाबुबा र अधिकारकर्मीको पत्रकार सम्मेलन
–नेपाली कांग्रेसद्वारा वास्तविक हत्यारा पक्राउको माग गर्दै संसद् बैठक अवरुद्ध
–निलम्बित एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परीक्षण सुरु
–न्याय माग्दै थाली, चम्चा, मोटरसाइकल, अटो र साइकलको हर्न बजाएर महेन्द्रनगरमा प्रदर्शन

भदौ २९
–सदनमा सांसदद्वारा सरकारको आलोचना
–निर्मला हत्याकाण्डको अनुसन्धान अन्तिम चरणमा रहेको गृहमन्त्री थापाद्वारा सदनलाई जानकारी
–बालदिवसको आयोजनामा आयोजित कार्यक्रममा सहभागिता जनाई निर्मलाकी दिदीले गाएको गीत सामाजिक सञ्जालमा भाइरल

भदौ ३०
–डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्वन
–निर्मलाका निम्ति न्याय माग्दै देशैभर प्रदर्शन
–नेवि संघद्वारा महेन्द्रनगरमा प्रदर्शन र कञ्चनपुर बन्द
भदौ ३१
–डीआईजी धीरु बस्नेतको संयोजकत्वमा शक्तिशाली छानविन समिति गठन
–निर्मलाका लागि न्याय माग्दै झलारी, धनगढीसहित बैतडीमा पनि प्रदर्शन
–झलारीमा देउडा खेल खेल्दै वास्तविक हत्यारा सार्वजनिकको माग

असोज १
–निर्मलाका आमाबुबाद्वारा प्रधानमन्त्रीसँग भेट
–हत्याराले कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रधानमन्त्रीको आश्वासन

असोज २
–पीडित तथा स्थानीयसँग समन्वय गरी अनुसन्धान प्रभावकारी बनाउनका लागि प्रहरी मुख्यालयले एसपी दुर्गा सिंह (चन्द) लाई महेन्द्रनगर खटायो
–निर्मलाका आमाबुवा काठमाडाँंबाट कञ्चनपुर फिर्ता
–नेपाली कांग्रेस कञ्चनपुरद्वारा निर्मलाको हत्यारालाई छिटो कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने मागका साथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र
–निर्मलाको न्यायका लागि कांग्रेसद्वारा महेन्द्रनगरमा पार्टीको झन्डासहित विशाल ¥याली
–कांग्रेसले निकालेको विशाल ¥यालीमा निर्मलाका बाआमा पनि सहभागी

असोज ३
–संविधान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरिए तर कञ्चनपुरमा भने निर्मलाको न्यायका लागि बिभिन्न छलफल, सडक नाटक गरिए

असोज ७
–नेपाल महिला संघद्वारा कञ्चनपुरलगायत ७७ वटै जिल्लामा प्रदर्शन तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र ।

प्रतिक्रिया दिनुहोस्